Suvadin, Home

विश्वकप यात्रा तय गर्दै पानामाले बनायो इतिहास
मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा (भिडियाेसहित)

विश्व चर्चित खेलाडी लिओनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप यात्रा तय गरेको छ। दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेको हो।
विश्व चर्चित खेलाडी लिओनल मेसी।

काठमाडौं,  असोज २५– विश्व चर्चित खेलाडी लिओनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप यात्रा तय गरेको छ।

दक्षिण अमेरिकी क्षेत्रको छनोट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो मिनेटमै इक्वेइडरले एक गोल गरेको थियो। तर, मेसीले इक्वेइडरको नतिजालाई उल्ट्याउँदै १२, २० र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।   मेसीको ह्याट्रिकसँग घरेलु मैदानमा खेलेको इक्वेडरले हार व्यहोर्नु पर्यो।
मेसीले यो खेलमा ह्याट्रिक गरेर अर्जेन्टिनालाई विश्वकपमा मात्र पुर्याएनन् छनाेट चरणमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड पनि बनाएका छन्।

विश्वकप छनौटका ४५ खेल खेलेका मेसीले २१ गोल गरेका छन्। विश्वकप छनाेट खेलेका खेलाडीले गरेको यो अहिलेसम्मकै सबैभन्दा बढी गोल हो।

दक्षिण अमेरिकी क्षेत्रका १० देशहरु मध्य शीर्ष चार देशले विश्वकपमा सोझै स्थान बनाउँने प्रावधान थियो र अर्जेन्टिनाले तेस्रो स्थानमा रहदै विश्वकपको यात्रा सुनिश्चित गरेको हो।

अर्जेन्टिनाले सन् १९७४ देखि लगातार विश्वकपमा स्थान बनाउँदै आएको छ।  ११ पटक विश्वकप खेलेको अर्जेन्टिना सन् १९७८ र १९८६ मा   च्याम्पियन बनेको थियो।

विश्वकप यात्रा तय गर्दै पानामाले बनायो इतिहास

पानामाले सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबलका लागि छनोट हुँदै इतिहास कायम गरेको छ।

उत्तर तथा मध्य अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा कोस्टारिकालाई २–१ ले हराउँदै पानामाले रुस यात्रा तय गरेको हो। पानामा विश्वकपमा पहिलोपटक छनोट भएको हो।

यसअघि नै छनौट भएको कोस्टारिकालाई हराउने क्रममा पानामाका लागि रोमन टोरेसले २ गोल गरे। उनले ५२ र ८८ औं मिनेटमा गोल गरेका हुन्। कोस्टारिकाका लागि ३६ औं मिनेटमा भेनेगासले गोल गरेका थिए।  

 

 


 

More form the Internet

loading...