Suvadin, Home
Nepal life 2.601M

लिभरपुलका डिफेन्डर गोमेज चोट बोक्दै ६ साता मैदान बाहिर

२१ वर्षीया इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो। बाँया खुट्टाको एंकलमा चोट लागेका गोमेजको स्पाइर अस्पतालमा उपचार गरिएको छ।

एजेन्सी, २१ मंसिर – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जोए गोमेज ६ साता मैदान बाहिर रहने भएका छन्। बुधबार राति भएको प्रिमियर लिग अन्तरगतको खेलमा घाइते भएका गोमेज फ्याक्चरका कारण मैदानबाट बाहिरिएका हुन्। यद्दपी लिभरपुलले बर्नलीलार्इ ३–१ ले पराजित गरेको हो।

२१ वर्षीया इङ्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो। बाँया खुट्टाको एंकलमा चोट लागेका गोमेजको स्पाइर अस्पतालमा उपचार गरिएको छ।

यससँगै जोए करिब ६ साता मैदान बाहिर रहने पक्का भएको क्लबले जनाएको छ। उनले कम्तीमा पनि १० खेल गुमाउने पक्का छ। उनी खेलमा कहिले फर्कने भन्ने उनको उपचारमा भर पर्ने क्लबले जनाएको छ। जोएले म्यानचेस्टर युनाइटेड, आर्सनल, म्यानचेस्टर सिटी र च्याम्पियन्स लिगको नेपोलीविरुद्धको महत्त्वपूर्ण  खेल गुमाउने छन्।

यस सिजन गोमेजले लिभरपुलका १५ लिग खेलमा १३ खेल खेलिसकेका छन्। उनले गत वर्ष इङ्ल्याण्डको राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। तर, एंकलको चोटका कारण रूस विश्वकप गुमाएका थिए।
 


 

More form the Internet

loading...