Suvadin, Home

बार्साको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने जमर्को गर्दै लिभरपुल

यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९–२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ खेल खेल्दै ४४ गोल गरिसकेको छ।

काठमाडाैं, १८ वैशाख – च्याम्पियन्स लिगमा लिभरपुललाई बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्ने अवसर छ। एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लबको रुपमा लिभरपुलले बार्सिलोनालाई पछि पार्ने सम्भावना छ।

यस प्रतियोगिताको एकै सिजनमा सर्वाधिक गोल गर्ने क्लब बार्सिलोना हो। सन् १९९९–२००० को सिजनमा बार्साले १६ खेलमा ४५ गोल गरेको थियो। लिभरपुलले यो सिजन सेमिफाइनलको पहिलो लेगको अन्त्यसम्म १३ खेल खेल्दै ४४ गोल गरिसकेको छ।

रोममा हुने दोस्रो लेगमा घरेलु टोली रोमाविरुद्ध ५-२ को अग्रता जोगाउने क्रममा लिभरपुलले बार्सिलोनाको १८ वर्ष पुरानो कीर्तिमान तोड्न सक्ने छ। लिभरपुलका लागि यो सिजन मोहम्मद सालाह तथा रोबर्टो फर्मिनोले १० र साडियो मानेले ८ गोल गरेका छन्।


 

More form the Internet

loading...