Suvadin, Home

मधेसकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता माघ १२ देखि

जय नेपाल स्पोर्टस क्लबको आयोजनामा आगामी माघ १२ गतेबाट कपिलवस्तुको कृष्णनगरमा मधेस क्षेत्रकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ।  इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करण क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। जुन त्यसक्षेत्रकै सबैभन्दा पुरानो र ठूलो क्रिकेट प्रतियोगिता रहेको आयोजकको दाबी छ।
खेल तालिका।

काठमाडाैं, माघ ९ - जय नेपाल स्पोर्टस क्लबको आयोजनामा आगामी माघ १२ गतेबाट कपिलवस्तुको कृष्णनगरमा मधेस क्षेत्रकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। 
इण्डो नेपाल क्रिकेट प्रतियोगिताको १७ औं संस्करण क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। जुन त्यसक्षेत्रकै सबैभन्दा पुरानो र ठूलो क्रिकेट प्रतियोगिता रहेको आयोजकको दाबी छ।

‘हामीसँग यसअघि १६ वटा संस्करणहरू सम्पन्न गरिसकेका छौं,’ आयोजक क्लबका प्रतिनिधि गिरधारीलाल शर्माले भने, ‘सो अनुभवबाट हामी १७ औं संस्करणलाई भव्यताका साथ सम्पन्न गर्न कुनै कसुर बाँकी राख्ने छैनौं।’ 

प्रतियोगितामा नेपाल र भारतका गरी १२ टिमको सहभागिता जनाउने छन्। जसमा नेपालका ८ तथा भारतका चार टिमको सहभागिता हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ। समूह ए मा गोरखपुर, धनगढी, नेपालगञ्ज र विराटनगर छन् भने ग्रुप बी मा भैरहवा, चितवन, कृष्णनगर र बलरामपुर रहेका छन्। त्यस्तै, समूह सी अन्तर्गत वीरगञ्ज, लखनउ, अजमगढ र दाङको सहभागिता रहने आयोजकले जनाएको छ। 

नकआउट सिस्टममा खेलाइने प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिसकिएको छ। जसमा माघ १२ गते धनगढी र गोरखपुरबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, माघ १३ गते बिहान नेपालगञ्ज र विराटनगर, दिउँसो कृष्णनगर र बलरामपुर, माघ १४ गते चितवन र भैरहवा, माघ १५ गते बिहान अजमगढ र दाङ तथा सोही दिन दिउँसो वीरगञ्ज र लखनउबीच खेल हुने आयोजकले जनाएको छ। 

प्रतियोगिताको बिजेताले एक लाख तथा उपबिजेताले ५० हजार हात पार्नेछन्। त्यस्तै, म्यान अफ द सिरिजले २५ हजार तथा प्रत्येक खेलका म्यान अफ द म्याचलाई दुर्इ हजारसहित आकर्षक गिफ्ट ह्याम्पर दिइने आयोजकले जनाएको छ।  


 


 

More form the Internet

loading...