Suvadin, Home

धोनी भारतीय टोलीमा परेनन्, विराट पनि वेस्ट इण्डिजविरूद्धको खेलमा विश्राम

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी–२० टोलीमा समावेश गरिएका छैनन्। भारतीय क्रिकेट बोर्ड बिसिसीआईले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ। भारतले वेस्ट इण्डिजसँग तीन टी–२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो खेल कोलकातामा नभेम्बेर ४ मा हुनेछ। दोस्रो खेल लखनउ नभेम्बेर ६ र तेस्रो तथा अन्तिम खेल नभेम्बेर ११ मा चेन्नाईमा हुनेछ। त्यस्तै अष्ट्रेलियासँगको पहिलो खेल नभेम्बर २१ मा, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल नभेम्बर २५ मा हुनेछ।

मुम्बई, १० कात्तिक – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनी, वेस्ट इण्डिज र अष्ट्रेलियासँग सामना गर्ने टी–२० टोलीमा समावेश गरिएका छैनन्।

भारतीय क्रिकेट बोर्ड बिसिसीआईले सार्वजनिक गरेको दुवै टोलीमा धोनी अटाएनन। त्यस्तै वेस्ट इण्डिजविरुद्धको २० ओभरको खेलमा नियमित कप्तान विराट कोहलीलाई पनि विश्राम दिइएको छ।

भारतले वेस्ट इण्डिजसँग तीन टी–२० खेलहरु खेल्दैछ। जसमध्ये पहिलो खेल कोलकातामा नभेम्बेर ४ मा हुनेछ। दोस्रो खेल लखनउ नभेम्बेर ६ र तेस्रो तथा अन्तिम खेल नभेम्बेर ११ मा चेन्नाईमा हुनेछ। त्यस्तै अष्ट्रेलियासँगको पहिलो खेल नभेम्बर २१ मा, दोस्रो २३ र तेस्रो तथा अन्तिम खेल नभेम्बर २५ मा हुनेछ।

वेस्ट इण्डिज विरुद्धको टोलीमा रोहित शर्मा कप्तान, शिखर धवन, केएल राहुल, दिनेश कार्तिक, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त, क्रुनाल पाण्ड्या, वासिंगटन सुन्दर, युज्भेन्दर चाहाल, कुलदिप यादव, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव, शाहबाज नदीम छन्।

अष्ट्रेलिया विरुद्धको टोलीमा विराट कोहली कप्तान, रोहित शर्मा, शिखर धवन, केएल राहुल, मनिष पाण्डे, श्रेयस ऐयर, ऋषव पन्त, कुलदिप यादव, युज्भेन्दर चाहाल, वासिंगटन सुन्दर, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, जस्प्रित बुम्राह, खलिल अहमद, उमेश यादव छन्।


 

More form the Internet

loading...