Suvadin, Home

मलेसियन क्रिकेटले जित्याे अाइसिसी अवार्ड

विश्वमा क्रिकेटकाे विकासका लागि याेगदान पुर्याउन सन् २०१६ मा क्रिकेटमा उत्कृष्ट विकाशका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सफल रुपमा आयोजना गरेको भन्दै आइसिसीले सो अवार्ड प्रदान गरेकाे हाे। मलेसियाले अवार्ड जित्नुकाे पछाडि राष्ट्रिय महिला टिमको विकाश तथा प्रशिक्षक कोचिङको तीन लेभलसम्मको कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नु रहेकाे अाइसिसीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। यो अवार्ड वाफत मलेसियन क्रिकेट संघले पाच हजार अमेरिकी डलर पाउनेछ।

काठमाडाैं, चैत २३ - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (अाइसिसी) ले प्रदान गर्ने आइसीसी विकास कार्यक्रम – २०१६ को उच्च अवार्ड मलेसियन क्रिकेट संघले जितेको छ।

विश्वमा क्रिकेटकाे विकासका लागि याेगदान पुर्याउन सन् २०१६ मा क्रिकेटमा उत्कृष्ट विकाशका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता सफल रुपमा आयोजना गरेको भन्दै आइसिसीले सो अवार्ड प्रदान गरेकाे हाे। मलेसियाले अवार्ड जित्नुकाे पछाडि राष्ट्रिय महिला टिमको विकाश तथा प्रशिक्षक कोचिङको तीन लेभलसम्मको कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गर्नु रहेकाे अाइसिसीले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। यो अवार्ड वाफत मलेसियन क्रिकेट संघले पाच हजार अमेरिकी डलर पाउनेछ।

याे सँगै महिला क्रिकेट अवार्ड केन्याकी पाउलिन जिरुले हात पारेकी छिन्। राष्ट्रिय महिला च्याम्पियनसिप आयोजना गर्दा उनले खेलेको भूमिकाको कदर गर्दै अवार्ड दिइएकाे हाे। उनले दुई हजार अमेरीकी डलर पाइन्। स्कटल्याण्डका अमर अर्साफ वर्षको उत्कृष्ट स्वयंसेवक रहे। वर्षको उत्कृष्ट इमेज अवार्ड ब्राजिल क्रिकेटले पायो भने सबैले दुई हजार डलर पाए।


 

More form the Internet

loading...