Suvadin, Home

इंग्लिस लिगकप फुटबलः
सेमिफाइनलकाे पहिलाे लेगमा सिटी विजयी, अाज चेल्सी र अार्सनल भिड्ने

इंग्लिस लिगकप फुटबल अन्तर्गत सेमिफाइनलकाे पहिलाे लेगम ब्रिस्टाेल सिटीलार्इ पराजित गर्दै म्यानचेस्टर सिटीले फाइनलकाे यात्रा सहज बनाएकाे छ। खेलकाे ४४अाैं मिनेटमा पाएकाे पेनाल्टीलार्इ सदुपयाेग गर्दै ब्रिस्टाेल सिटीले पहिलाे हाफमा १–० गाेलअन्तरकाे अग्रता लिएकाे थियाे।
ब्रिस्टाेलविरुद्ध गाेल गर्दै सिटीका सर्जियाे अग्वेराे।

काठमाडाैं, २६ पुस – इंग्लिस लिगकप फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएकाे छ। म्यानचेस्टर स्थित घरेलु मैदान इतिहाद स्टेडियममा भएकाे खेलमा सिटी २–१ गाेल अन्तरले विजयी भएकाे हाे।

इंग्लिस लिगकप फुटबल अन्तर्गत सेमिफाइनलकाे पहिलाे लेगम ब्रिस्टाेल सिटीलार्इ पराजित गर्दै म्यानचेस्टर सिटीले फाइनलकाे यात्रा सहज बनाएकाे छ। खेलकाे ४४अाैं मिनेटमा पाएकाे पेनाल्टीलार्इ सदुपयाेग गर्दै ब्रिस्टाेल सिटीले पहिलाे हाफमा १–० गाेलअन्तरकाे अग्रता लिएकाे थियाे।

तर, खेलकाे ५५अाैं मिनेटमा राहिम स्टर्लिङकाे पासलार्इ गाेलमा परिणत गर्दै सिटीका केभिन डि–ब्रुइनले स्काेरलाइनलार्इ १–१ काे बराबरीम ल्याएका थिए।

खेलकाे ८९अाैं मिनेटसम्म सन्तुलनमा रहेकाे स्काेरलाइनलार्इ सिटीकाे पक्षमा पार्न दाेश्राे हाफमा मैदान प्रवेश गरेका सर्जियाे अग्वेराेले निर्धारित समयकाे अन्तिम मिनेटमा गाेल गरे।

याे प्रतियाेगिताकाे दाेश्राे सेमिफाइनलकाे पहिलाे लेग बुधबार राति चेल्सी र अार्सनलबीच हुनेछ। बुधबार राति पाैने २ बजे चेल्सीकाे घरेलु मैदान स्टामफाेर्ड ब्रिजमा हुने खेलमा पछिल्ला चार भेटमा जीत निकाल्न नसकेकाे चेल्सी यस पटक विजयकाे अाशा बाेकेर मैदानमा उत्रिँदै छ।


 

More form the Internet

loading...