Suvadin, Home

प्रिमीयर लिग फुटबलः
लिग लिडर म्यानचेस्टर सिटी र वेस्टह्याम तथा वर्नमाउथ र साउथह्याम्थटन भिड्दै

अाइतबार राति हुने पहिलाे खेलमा १६अाैं स्थानकाे वर्नमाउथले घरेलु मैदानमा १२अाैं स्थानकाे साउथह्याम्थटनकाे सामना गर्दै छ। अाइतबार राति नै हुने अर्काे खेलमा लिग लिडर म्यानचेस्टर सिटीले रेलिगेसन जोनकाे वेस्टह्याम युनाइटेडकाे सामना गर्दै छ

काठमाडाैं मंसिर १७–प्रिमियर लिग फुटबल अन्तर्गत अाइतबार राति दुर्इ खेल हुँदैछन्। प्रिमियर लिग फुटबलको १५अाैं हप्ता चलिरहँदा ८ खेल शनिबार राति नै भइसकेका छन्।

र, बाँकि २ खेल अाइतबारकालागि छुट्याइएकाे छ। अाइतबार राति हुने पहिलाे खेलमा १६अाैं स्थानकाे वर्नमाउथले घरेलु मैदानमा १२अाैं स्थानकाे साउथह्याम्थटनकाे सामना गर्दै छ। साउथह्याम्थटन पछिल्ला पाँच खेलबाट चार अंकमात्र बटुल्न सकेकाे हुनाले जीत्नै पर्ने दबाब सहित मैदानमा उत्रिँदै छ।

त्यसै गरि वर्नमाउथले पछिल्ला पाँच खेलबाट ७ सात अंक बटुलेता पनि रेलिगेसन जाेनको नजिक भएकाेले वर्नमाउथ पनि जीत्नै पर्ने मानसिकताका साथ उत्रिँदै छ। नेपाली समय अनुसार बेलुका सवा सात बजे वर्नमाउथकाे घरेलु मैदान भिटालिटी स्टेडियममा शुरु हुँदैछ।

अाइतबार राति नै हुने अर्काे खेलमा लिग लिडर म्यानचेस्टर सिटीले रेलिगेसन जोनकाे वेस्टह्याम युनाइटेडकाे सामना गर्दै छ। लिग लिडर म्यानचेस्टर सिटी याे सिजन १४ खेलमा अपराजित रहँदै अाएकाे छ। अर्काे तर्फ वेस्ट ह्याम युनाइटेडले पछिल्ला पाँच खेलबाट २ अंक मात्र जाेडेकाे छ।

म्यानचेस्टर सिटी अाफ्नाे अग्रता कायमै राख्न याे खेल जीत्न चाहन्छ। त्यस्तै रेलिगेसन ब्याटलकाे वेस्टह्याम पनि रेलिगेसनबाट बच्न याे खेल जीत्न तल्लीन देखिन्छ।


 

More form the Internet

loading...