Suvadin, Home

युनाइटेडद्वारा जोसे मोरिन्हो बर्खास्त

पछिल्लो समय मोरिन्हो क्लबको व्यवस्थापनसँग रुष्ट थिए। क्लबले नयाँ सेन्टर ब्याक नकिनेको विषयबारे उनले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए।

एजेन्सी, ३ पुस – यो सिजन खराब शुरुवात गरेको म्यान्चेस्टर युनाइटेडले प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेको छ।

रेड डेभिल्स हाल प्रिमियर लिगको छैटौँ सथानमा रहेको छ। लिगको १७ खेलमध्ये ५ खेलमा पराजय बेहोरिसकेको छ।

हाल युनाइटेड शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १९ अंकले पछि रहेको छ भने चौँथौ स्थानमा रहेको चेल्सीभन्दा ११ अंकले पछि रहेको छ।

गत आइतबार युनाइटेड चिर प्रतिद्वन्द्वी लिभरपुलसँग ३–१ गोलअन्तरले पराजित भएको थियो।

पछिल्लो समय मोरिन्हो क्लबको व्यवस्थापनसँग रुष्ट थिए। क्लबले नयाँ सेन्टर ब्याक नकिनेको विषयबारे उनले सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए।

क्लबले एक वक्तव्य जारी गर्दै मोरिन्होले तत्काल लागु हुने गरी क्लबबाट बिदा भएको जनाएको छ।

मोरिन्हो लुइस भान हालको स्थानमा सन् २०१६ मा क्लबमा आएका थिए। 


 

More form the Internet

loading...