Suvadin, Home

राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जुकाे मतदान अनुभव

‘मैले पार्टीलार्इ भन्दा पनि काम गर्न सक्ने व्यक्तिलार्इ भाेट दिएकी छु,’मञ्जुले भनिन्, ‘अाशा छ, मेराे भाेटकाे कदर राम्राेसँग हुनेछ।' अाफ्नाे गाउँपालिकामा बाटाे, बिजुलीकाे समस्या भएकाले चुनिएर अाउने व्यक्तिले साे कुरालार्इ महत्व दिनुपर्ने उनकाे सुझाव छ।
भलिबल खेलाडी मञ्जु गुरूङ।

काठमाडाैं, बैशाख ३१ -  राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जु गुरूङ्ले दुर्इ दशककाे प्रतिक्षापछि भएकाे स्थानीय तहकाे निर्वाचनमा मतदान गर्न पाउनु अाफ्ना लागि महत्वपूर्ण तथा अविष्मरणीय भएकाे प्रतिक्रिया दिएकी छन्।

कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका स्थायी ठेगाना भएकी गुरूङले शारदा मावि मतदान केन्द्रमा मतदान गरिन्। 'म बिहानै मतदान गर्न केन्द्रमा पुगेकी थिए', मञ्जुले भनिन्, 'मतदान केन्द्रमा केही समय लाइन लागेर भर्खर फर्किएकी हुँ।'

‘मैले पार्टीलार्इ भन्दा पनि काम गर्न सक्ने व्यक्तिलार्इ भाेट दिएकी छु,’मञ्जुले भनिन्, ‘अाशा छ, मेराे भाेटकाे कदर राम्राेसँग हुनेछ।' अाफ्नाे गाउँपालिकामा बाटाे, बिजुलीकाे समस्या भएकाले चुनिएर अाउने व्यक्तिले साे कुरालार्इ महत्व दिनुपर्ने उनकाे सुझाव छ।


 

More form the Internet

loading...