Suvadin, Home
Citizen Bank 447.6k

Cover Image

म्याराथुन प्रतियोगिताको उद्घाटन

म्याराथुन मार्चमा १ हजार ३४७ जना खेलाडीले सहभागिता जनाएका छन्। सबैभन्दा बढीले हाफ म्याराथन खुला पुरुष दौड प्रतियोगितामा भाग लिएका छन्। २१ किलोमिटर दूरीको सो दौडमा ७१३ प्रतिस्पर्धी सहभागी छन्। 
फाेटाेः सुरेन्द्र भण्डारीकाे फेसबुक वाल

कञ्चनपुर, १५ पुस – ‘भीमदत्त समृद्धिको आधार, पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने नारासहित आज भीमदत्त नगरपालिकामा जैविक मार्ग धार्मिक पर्यटन म्याराथुन प्रतियोगिताको उद्घाटन गरिएको छ। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं सांसद घनश्याम भुसालले रिवन काटेर प्रतियोगिताको उद्घाटन गरेका हुन्। म्याराथुन धावक कीर्तिमानी खेलाडी बैकुण्ठ मानन्धरको उपस्थितिमा प्रतियोगिता उद्घाटन गरिएको छ। 

म्याराथुन मार्चमा १ हजार ३४७ जना खेलाडीले सहभागिता जनाएका छन्। सबैभन्दा बढीले हाफ म्याराथन खुला पुरुष दौड प्रतियोगितामा भाग लिएका छन्। २१ किलोमिटर दूरीको सो दौडमा ७१३ प्रतिस्पर्धी सहभागी छन्। 

हाफ म्याराथनपछि ४६६ छात्रछात्राले दौडमा सहभागिता जनाएका छन्। यसमा छात्र १९७ र छात्रा २६९ छन्। छात्रछात्राको दौड पाँच किलामिटर रहेको छ। महिला खुला १० किलोमिटर दौड प्रतियोगितामा १६९ जना प्रतिस्पर्धी सहभागी छन्। 

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलसहित प्रदेश सांसद, राजनीतिक दलका नेता, सरकारी अधिकारी, जनप्रतिनिधि, खेलाडी र स्थानीयवासी सहभागी छन्। 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयदेखि छैठौँ स्थानसम्मका सहभागीलाई नगद पुरस्कारसहित पदक र प्रमाणपत्र दिने व्यवस्था गरिएको छ।

यसमा पहिलोलाई रु १० हजार, द्वितीयलाई रु ७ हजार, तृतीयलाई रु ५ हजार, चौथोलाई रु ३ हजार, पाँचौँलाई रु १ हजार ५०० र छैठौँलाई रु एक १ हजार पुरस्कार राखिएको छ। 

महिलाका लागि खुला १० किलोमिटर म्याराथुन प्रतियोगिता राखिएको छ। प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु १५ हजार, रु १० हजार र रु ७ हजार पुरस्कार तथा पदक र प्रमाणपत्र राखिएको छ।

प्रतियोगिताअन्तर्गत सबैभन्दा बढी पुरस्कारको पुरुष खुला हाफ म्याराथुन दौड प्रतियोगिता छ। यो दौडमा प्रथम हुनेलाई रु ३० हजार, द्वितीय रु २० हजार र तृतीयले रु १० हजार नगद पुरस्कारसहित पदक र प्रमाणपत्र पाउनेछन्।

भीमदत्तनगर बजारको खुला मञ्चबाट शुरु भएको दौड भानुचोक, खैरेनी, नौलाखेत, बैजनाथ मावि नयाँ तिलकपुर हुँदै ब्रह्मदेवसम्मको २१ किलोमिटर छ। 
 


 

More form the Internet

loading...