Suvadin, Home

मेस्सी र सुआरेज पिएसजीका स्टार भित्र्याउन इच्छुक

बार्साको आक्रमणका मुख्य खेलाडीले मिडफिल्डमा फिलिपे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर क्लबमा भित्र्याउन चाहेको बुझिएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सी र सुआरेजले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न चाहेको बताइएको छ।

काठमाडाैं, १४ भदाै – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन पिएसजीबाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ।

बार्साको आक्रमणका मुख्य खेलाडीले मिडफिल्डमा फिलिपे काउटिन्होसँग उत्कुष्ट काम गर्न सक्ने एक मिडफिल्डर क्लबमा भित्र्याउन चाहेको बुझिएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सी र सुआरेजले पिएसजीका मिडफिल्डर एड्रिएन राबिओटलाई अनुबन्ध गर्न चाहेको बताइएको छ।

एड्रिएन काउटिन्हो र बाँकी मिडफिल्डसँग समन्वय गर्न सक्ने भएकाले टोलीको लागि राम्रो हुने उनीहरुको बुझाई छ। बार्सिलोनाका लागि मिडफिल्डमा नयाँ खेलाडी देख्न अर्को विकल्प पनि रहेका छ। 

यतिखेर म्यानचेस्टर युनाइटेडका पल पोग्बाको नाम पनि बार्सिलोनासँग जोडिएको छ।बार्सिलोनाका स्टारद्वयका अनुसार काउटिन्हो आक्रमणमा अघि बढ्ने छन्। यहि कारण एक रक्षात्मक मिडफिल्डरको आवश्यकता पनि टोलीलाई छ। पोग्बा र एड्रिएन मध्य बार्सिलोनाले कुन खेलाडी अनुबन्ध गर्नेछ त्यो भने ट्रान्सफर विन्डो बन्द हुनु भन्दा पहिले नै थाहा हुनेछ।


 

More form the Internet

loading...