Suvadin, Home

मेस्सीले इन्जुरी समयमा  गरेको गोलले जोगियो अर्जेन्टिना

एजेन्सी । कप्तान लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जोगाएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार राति भएको खेलमा अर्जेन्टिना उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको हो ।

पहिलो हाफमा पछि परेको अर्जेन्टिना खेलको इन्जुरी समयसम्म पनि पछि परेकै अवस्थामा थियो । ३४ औँ मिनेटमा उरुग्वेका लागि एडिन्सन काभानीले पहिलो गोल गरेका हुन् ।

पछि परेको अर्जेन्टिनाका लागि ६३ औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरे । तर त्यसको पाँच मिनेटपछि लुइस स्वारेजले गोल गर्दै पुनः उरुग्वेलाई अग्रता दिलाए ।

हार नजिक पुगेको अर्जेन्टिनालाई मेस्सीले इन्जुरी समयको दोस्रो मिनेटमा पाएको पेनाल्टी मार्फत गोल गर्दै जोगाए ।


 

More form the Internet

loading...