Suvadin, Home

रामबहादुर मिस्टर हिमालयकाे फाइनलमा

रामबहादुर दाहाल काठमाडाैंमा जारी छैठाैं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीकाे फाइनलमा प्रवेश गरेका छन्। उनी चाैथाे संस्करणका बिजेता पनि हुन्।
मिस्टर हिमालय शारीरिक सुगठनको ७० केजीमा प्रतिस्पर्धा गर्दै चौथो संस्करणका विजेता रामबहादुर दाहाल। तस्बिरः अायाेजक।

काठमाडाैं, चैत २६ -  रामबहादुर दाहाल काठमाडाैंमा जारी छैठाैं मिस्टर हिमालय राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिताको पुरुष ७० केजीकाे फाइनलमा प्रवेश गरेका छन्। उनी चाैथाे संस्करणका बिजेता पनि हुन्।

नेपाल शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ६५ केजीमा कम्प्लिट हेल्थ क्लबका अनिललाल श्रेष्ठ, फिटनेस फस्टका रोजिन बज्राचार्य, मध्यपुरका दिलकृष्ण खड्गी, व्यायाम मन्दिरका रमेश कार्की र रुपन्देहीका मोतिलाल चौधरी फाइनलमा पुगे। पुरुष ५५ केजीमा बुल्स जिम पोखराका सुरेश गुरुङ, फिटनेस फस्टका धर्मराज खापुङ, कपिलवस्तुका सुरेन्द्र वर्मा, मसल्स मेनिया फिटनेस क्लबका आवाज प्याकुरेल र रत्नश्री जिमका कमल भण्डारीले फाइनलमा स्थान सुरक्षित गरे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमा फिटनेस फस्टका समिन मगर, व्यायाम मन्दिरका सैलेन्द्रकुमार शर्मा र सुजन तामाङ, रोयल जिम एन्ड क्लबका सुक्देव कार्की र रुपन्देहीका सुनील आलेले फाइनल यात्रा तय गरे।

फाइनल चरणमा पहिलो हुने प्रत्येक तौलसमूहका बिजेताबीच पुनः मिस्टर हिमालय उपाधिका लागि भिडन्त हुनेछ। मिस्टर हिमालय उपाधि विजेतालाई २ लाख ७५ हजार नगदबाट पुरस्कृत गरिने छ । हरेक तौलसमूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

शनिबार सम्पन्न हुने प्रतियोगिताको शारीरिक सुगठनमा ६, फिटनेसमा २ र एथलेटिकमा १ स्पर्धा समावेश छन्। ८६ पुरुष र ४ महिला गरी ९० खेलाडी सहभागी छन्।


 

More form the Internet

loading...