Suvadin, Home
Nepal life 2.601M

मोहम्मद सालाहको नयाँ किर्तिमान कायम, बलोन डि'अोरमा फुटबलका बादशाहलार्इ चुनाैती

यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो। यी तीनै खेलाडीले एक सिजनमा ३१ गोल गर्न सफल भएका थिए। ३१ गोलमै अन्तिम गोल शुरुवात गरेका सालाहले १ गोल गर्दै नयाँ कीर्तिमान राखेका हुन्।

काठमाडाैं, ३१ वैशाख – प्रिमियर लिगमा अाइतबार राति भएको खेलमा लिभरपुलले ब्राइटनलाई ४-० को गोल अन्तरले पराजीत गरेको छ। यस सिजन उत्कृष्ट फर्मा रहेका लिभरपुलका फर्वाडर मोहम्मद सालाहले उक्त खेलमा १ गोल गर्दै प्रिमियर लिगमा नयाँ कर्तिमान कायम गरेका छन्। उक्त गोल सालाहको लिगमा ३२औं गोल हो।

यस अघि प्रिमियर लिगमा एकै सिजनमा बढि गोल गर्ने रेकर्ड एलन शेयरर, क्रिस्टियानो रोनाल्डो र लुइस स्वारेजको नाममा संयुक्त रुपमा थियो। यी तीनै खेलाडीले एक सिजनमा ३१ गोल गर्न सफल भएका थिए। ३१ गोलमै अन्तिम गोल शुरुवात गरेका सालाहले १ गोल गर्दै नयाँ कीर्तिमान राखेका हुन्।

३२ गोल गरेसँगै सालाहले प्रिमियर लिगको गोल्डेन बुट पनि जितेका छन्। विगत दुई सिजनको विजेता ह्यारी केन ३० गोलमा सीमित रहँदै दोस्रो स्थान हात पारे।

सालाहले नयाँ कीर्तिमान राख्न सकेकोमा आफू गरौवान्वित महसुस गरिरहेको बताए। रोमाबाट यसै सिजन लिभरपुल आएका सालाहले आफ्नो राष्ट्र इजिप्टलाई विश्वकपमा पुर्‍याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए।

उनको यस सिजनको लय र प्रभावले उनले लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई बलोन डि’ओरका लागि प्रतिस्पर्धा दिने अांकलन गरिएको छ।


 

More form the Internet

loading...