Suvadin, Home

फिफा वरियतामा नेपाल यथावत : दक्षिण एशियाली राष्ट्रको अवस्था खस्कियो

वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ। उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन्। वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ। यसअघि भारत ९७ औँ स्थानमा थियो। त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन्। 

काठमाडौं, २४ माघ – विश्व फुटबल महासङ्घ (फिफा)ले आज आज सार्वजनिक गरेको वरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको छ। नेपाल अघिल्लो महीनामा पनि सोही स्थानमै थियो। 

वरियतामा दक्षिण एशियाली राष्ट्रहरुको अवस्था केही तल पुगेको छ। उत्कृष्ट १०० भित्र दक्षिण एशियाली राष्ट्रहरु पर्न समेत सकेका छैनन्। वरियतामा भारत छ स्थान तल झर्दै १०३ औँ स्थानमा पुगेको छ। यसअघि भारत ९७ औँ स्थानमा थियो। त्यस्तै माल्दिभ्स १५२ औँ स्थानमा रहँदा भुटान १८६ औँ, बङ्गलादेश १९२ औँ, पाकिस्तान १९९ औँ र श्रीलङ्का २०१ औँ स्थानमा छन्। 

केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एशिया कपको उपाधि जितेको कतार वरियतामा माथि उक्लिएको छ। यसअघि ९३ औँ स्थानमा रहेको कतारले कतारले ३८ स्थान सुधार गर्दै विश्व वरियतामा ५५ औँ स्थानमा उक्लिएको छ। 

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम शीर्ष स्थानमा कायमै छ। त्यस्तै विश्वविजेता फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, क्रोएसिया चौथो, इग्ल्यान्ड पाँचौ, पोर्चुगल छैटौँ, उरुग्वे सातौँ, स्वीट्जरल्यान्ड आठौँ, स्पेन नवौँ र १० औँ स्थानमा डेनमार्क रहेका छन्। अर्जेन्टिना भने ११ औँ स्थानमा छ। रासस


 

More form the Internet

loading...