Suvadin, Home

रोनाल्डोको एक गोलमा मोरक्कोविरूद्ध पोर्चुगलको कठिन जित, ग्रुप 'ए' बाट उरूग्वे अन्तिम १६ मा स्थान पक्का गर्दै

रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए। खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो। शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो। 

मस्को,  असार  ७  – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो खेलमा कडा प्रतिस्पर्धाका बीच पोर्चुगलले जित हासिल गरेको छ। 

रुसमा जारी २१औँ विश्वकपको पहिलो खेलमा राम्रो प्रदर्शन गरेका पोर्चुगलका विश्व चर्चित खेलाडी क्रिस्टीयानो रोनाल्डो दोस्रो खेलमा एक गोलमा सीमित भए। 

खेल शुरु भएको चौँथो मिनेटमा गरेको एक गोलमा सीमित भएर पोर्चुगलले आफ्नो जित जोगाएको हो। 

शुरुमै गोल खाएको मोरक्कोले आफूमाथि परेको दबाबलाई अन्तिमसम्म पनि थेग्दै न त आफूले गोल गर्न सक्यो न त पोर्चुगललाई नै गोल गर्ने मौका दियो। 

निकै कडा प्रतिस्पर्धा देखिएको खेलमा दुवै तर्फबाट गोलको संभावनाको नजिक पुग्ने प्रयास पटक पटक भएका थिए। 

पोर्चुगलसँगको हारसँगै अघिल्लो चरणमा जाने मोरक्कोको सम्भावना लगभग सकिएको छ भने अघिल्लो चरणमा जाने सम्भावना पोर्चुगलले बलियो बनाएको छ। 

विश्वकपअन्तर्गत हिजोनै समूह ‘ए’ को उरुग्वे र साउदी अरेबिया बिचको खेलमा उरूग्वेले १–० ले  जीतेको छ। यो जीत संगै उरूग्वेले पनि अन्तिम १६ मा अाफ्नो स्थान सूनिश्चित गरेको छ। 

पहिलो हाफको २३ मिनेटमा उरूग्वेका स्टार स्ट्राइकर लुइस स्वारेजले गरेको गोलले नै उरूग्वेलार्इ जीत दिलाएको थियो।

उरुग्वेको विजयी संगै इजिप्ट र साउदी यस प्रतियोगिताबाट बाहिरिका छन्।


 

More form the Internet

loading...