Suvadin, Home

धाेनीकाे धमाकेदार पारीमा पुने फाइनलमा
‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

बलिउड चलचित्र बाहुबलीले सिनेमा क्षेत्रमा धमाका मच्चाइरहेका बेला क्रिकेट क्षेत्रमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धाेनीले धमाल मच्चाएका छन्। इण्डियन प्रिमियर लिग अन्तर्गत भएकाे क्वालिफायरमा २६ बलमा विस्फाेटक ४० रनकाे पारी खेल्दै पुने सुपर जायन्टसलार्इ फाइनलमा पुर्याएपछि धाेनीकाे तुलना बाहुबलीसँग गरिन् थालिएकाे छ। 
धाेनीलार्इ बाहुबलीसँग तुलना गरिदै।

काठमाडाैं, जेठ ३ - बलिउड चलचित्र बाहुबलीले सिनेमा क्षेत्रमा धमाका मच्चाइरहेका बेला क्रिकेट क्षेत्रमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धाेनीले धमाल मच्चाएका छन्।

इण्डियन प्रिमियर लिग अन्तर्गत भएकाे क्वालिफायरमा २६ बलमा विस्फाेटक ४० रनकाे पारी खेल्दै पुने सुपर जायन्टसलार्इ फाइनलमा पुर्याएपछि धाेनीकाे तुलना बाहुबलीसँग गरिन् थालिएकाे छ। 

धाेनीका पारीमा एउटा पनि चाैका थिएनन् तर, पाँच गगनचुम्बी छक्का सामेल भए। धाेनीले धमाकेदार पारी खेलेपछि साेसियल मिडियामा उनकाे प्रसंशा चुलिएकाे थियाे।

टस हारेर पहिले ब्याटिंङकाे निम्ताे पाएकाे पुनेले २० अाेभरमा चार विकेट गुमाइ एक सय ६२ रन बनायाे। एक सय ६३ रनकाे पन्छाएकाे मुम्बइले २० अाेभरमा नाै विकेटकाे क्षतिमा एक सय ४२ रनमा समेटिएपछि पुनेले फाइनलमा स्थान सुरक्षित गरेकाे हाे। 

धाेनीकाे धमाकेदार पारी पछि उनका फ्यानहरूले सामाजिक सञ्जालमा पाेष्ट गरेका केही तस्बिर यस्ता छन्:-

 


 

More form the Internet

loading...