Suvadin, Home

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

एफए कपअन्तर्गत अाइतबार राति भएकाे खेलमा जीत निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। प्रतियाेगिता अन्तर्गतकाे पाचाैं चरणकाे खेलमा ब्ल्याकबर्न राेवर्सलार्इ पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।
गाेल गरेपछि खुशी मनाउँदै म्यानचेस्टरका इब्राहिमाेभिच लगायत अन्य खेलाडी । तस्विर: एजेन्सी

काठमाडाैं, फागुन ९


एफए कपअन्तर्गत अाइतबार राति भएकाे खेलमा जीत निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। प्रतियाेगिता अन्तर्गतकाे पाचाैं चरणकाे खेलमा ब्ल्याकबर्न राेवर्सलार्इ पराजित गर्दै युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे हाे।

म्यानचेस्टरले ब्ल्याकवर्न रोवर्सलाई २१ ले पराजित गरेर अन्तिम अाठमा स्थान बनाएकाे हाे। मार्कश रासफोर्ड र जाल्टन इब्राहिमोविचले गोल गर्दै युनाइटेडलाइ क्वाटरफाइनलमा पुर्याएका हुन्।

खेलकमा अग्रता ब्ल्याकवर्नले लिएकाे थियाे। पहिलाे हाफकाे १७अाैं मिनेटमा ड्यानी ग्राहमको गोल गर्दै ब्ल्याकवर्नलार्इ अग्रता दिएका छन्। त्यसकाे १० मिनेटमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काउँदै पहिलाे हाफलार्इ १ को बराबरीमा टुंग्याए।

७५अाैं मिनेटमा वैकल्पिक खेलाडीकाे रूपमा मैदान प्रवेश गरेका इब्राहिमोभिच निर्णायक गाेल गर्दै म्यानचेस्टरलार्इ क्वाटरफाइनलमा पुर्याएका हुन्।

खेलकाे हाइलाइट: -

 


 

More form the Internet

loading...