Suvadin, Home

यस्ता बने रेकर्डहरू
राेमाञ्चक फाइनलमा मुम्बर्इ एक रनले विजयी

उपाधीका लागि १ सय ३० रनकाे मात्र लक्ष्य पाएकाे पुणे सुपरजायंट्सलार्इ एक रनले राेक्दै मुम्बइ इण्डियन्सले इण्डियन प्रिमियर लिग (अाइपीएल) काे दशाै संस्करणकाे उपाधी उचालेकाे छ। याेसँगै मुम्बर्इ तेस्राेपटक अाइपिएल च्याम्पियन बनेकाे हाे। अन्तिम अाेभरमा जीतका लागि ११ रन बाकीं भएपनि पुणेले ९ रन मात्रै बनाउन सक्याे। साेही अाेभरमा तीन विकेट गुमाएकाे पुणे ६ विकेट गुमाएर एक सय २८ रनमा सिमित रह्याे।अाफ्नाै चाैथाे फार्इनलमा तेस्राे पटक उपाधी उचाल्दै मुम्बइले किर्तिमान राखेकाे छ। उपाधीसँगै मुम्बर्इ अाइपिएल इतिहासमा तीनपटक उपाधी उचाल्ने एक मात्र टिम बनेकाे छ।
विजेता टाेली मुम्बर्इ।

काठमाडाैं, जेठ ८ - उपाधीका लागि १ सय ३० रनकाे मात्र लक्ष्य पाएकाे पुणे सुपरजायंट्सलार्इ एक रनले राेक्दै मुम्बइ इण्डियन्सले इण्डियन प्रिमियर लिग (अाइपीएल) काे दशाै संस्करणकाे उपाधी उचालेकाे छ। याेसँगै मुम्बर्इ तेस्राेपटक अाइपिएल च्याम्पियन बनेकाे हाे। 

अन्तिम अाेभरमा जीतका लागि ११ रन बाकीं भएपनि पुणेले ९ रन मात्रै बनाउन सक्याे। साेही अाेभरमा तीन विकेट गुमाएकाे पुणे ६ विकेट गुमाएर एक सय २८ रनमा सिमित रह्याे।अाफ्नाै चाैथाे फार्इनलमा तेस्राे पटक उपाधी उचाल्दै मुम्बइले किर्तिमान राखेकाे छ। उपाधीसँगै मुम्बर्इ अाइपिएल इतिहासमा तीनपटक उपाधी उचाल्ने एक मात्र टिम बनेकाे छ।

यसअघि मुम्बइले २०१३ र २०१५ मा उपाधी उचालेकाे थियाे। फार्इनलमा पुणेका कप्तान स्टिभ स्मिथले ५१ बाहेक अन्यकाे सम्झन लायक प्रदर्शन नहुदा पुणेकाे हातबाट उपाधी खाेसियाे।मुम्बइका मिचेल जाेनसाेनले ३ तथा जसप्रित बुमराहले २ विकेट लिदै मुम्ब  मुंम्बई राेमाञ्चक जीत दिलाए। 

फाइनल खेलकाे अन्तिम अाेभरकाे राेमान्स यस्ताे रह्याे। 

बलरः मिचेल जाेनसन (मुम्बर्इ)

19.6 : क्रिस्टियन 2 रन (रन आउट)

19.5: क्रिस्टियन 2 रन (क्याच ड्रप)

19.4: वॉशिंङटन 1 बाई रन 

19.3: स्मिथ आउट, क्याच रायडू 

19.2: मनोज तिवारी आउट, क्याच पोलार्ड

19.1: मनोज तिवारी, चाैका

अाइपिएलमा पुणे र गुजरातकाे यात्रामा पुर्णविराम

म्याच फिंक्सिङ लगायतका काण्डहरूबा प्रतिबन्धमा परेका चेन्नार्इ सुपर किंग्स र राजस्थान राेयल्स अागामी साल (२०१८) काे अाइपिएलमा पुनरागमन गर्ने भएकाले उपविजेता टाेली पुणे सुपर जायंट काे यात्रा यही टुंगिएकाे छ। पुणेसँगै गुजरात लायन्सले पनि यसै अाइपिएलबाट विश्राम लिने अाइपिएलका अध्यक्ष राजीव शुक्लाले बताए। यी दुवै टाेलीलार्इ सम्मेलित गरेर अाइपिएल सञ्चालन गर्न व्यवहारिक रूपमा पनि कठिनार्इ हुुने भएकाले यी टाेलीहरूलार्इ विदार्इ दिन लागिएकाे हाे। अार्इपिएल संञ्चालन समितीले १० वटा टिम खेलाउँदा म्याचकाे संख्या ८४ पुग्ने भन्दै समय अभावले त्याे सम्भव नहुने तर्क गर्दै अाएका छन्।

पुरस्कारहरू

१) विजेता (मुम्बर्इ) ः १५ कराेड

२)  उपविजेता ः १० कराेड

३) सर्वाधिक रन ः १० लाख 

४) सर्वाधिक विकेट ः १० लाख

उत्कृष्ट पाँच ब्याट्सम्यानहरू

1. डेविड वार्नर : 14 म्याच, 641 रन, 126 बेष्ट, 58.27 अाैषत

2. गौतम गंभिर: 16 म्याच, 498 रन, 76* बेस्ट, 41.50 अाैषत

3. शिखर धवन: 14 म्याच, 497 रन, 77 बेस्ट, 36.84 अाैषत

4. स्टिभ स्मिथ: 15 म्याच, 472 रन, 84* बेस्ट, 39.33 अाैषत

5. सुरेश रैना: 14 म्याच, 442 रन, 84 बेस्ट, 40.18 अाैषत

उत्कृष्ट पाँच बलरहरू

1. भुवनेश्वर कुमार (हैदराबाद) 14 म्याच 26 विकेट 

2. जयदेव उनादकट (पुणे) 12 म्याच 24 विकेट

3. जसप्रीत बुमराह (मुंबई) 16 म्याच २० विकेट

4. मिशेल मैक्लेनघन (मुंबई) 14 म्याच 19 विकेट

5. इमरान ताहिर (पुणे) 12 म्याच 18 विकेट

2008-2017 : काे काे भए च्याम्पियन

2008 : राजस्थान राेयल्स (चेन्नई ३ विकेटले पराजित) 

2009 : डेक्कन चारजर्स (बेंगलुरु ६ रनले पराजित)

2010 : चेन्नई सुपर किंग्स (मुंबई २२ रनले पराजित)

2011 : चेन्नई सुपर किंग्स (बेंगलुरु ५८ रनले पराजित)

2012 : कोलकाता नाइट राइडर्स (चेन्नई ५ विकेटले पराजित)

2013 : मुंबई इंडियंस (चेन्नई २३ रनले पराजित) 

2014 : कोलकाता नाइट राइडर्स (पंजाब ३ विकेटले पराजित) 

2015 : मुंबई इंडियंस (चेन्नई ४१ रनले पराजित) 

2016 : सनराइजर्स हैदराबाद (बेंगलुरु ८ रनले पराजित)

2017 : मुंबई इंडियंस (राइजिंग पुणे सुपरजायंट १ रनले पराजित)

 


 

More form the Internet

loading...