Suvadin, Home

काे हुन् नेपाल विरुद्ध ह्याट्रिक लिने नबिन उल हक?

अाठाैं अाेभरकाे चाैथाे, पाँचाै र छैठाै बलमा नेपाल विरूद्ध अफगानिस्तानका कप्तान नबिन उल हकले ह्याट्रिक लिएपछि नेपाली पारी धरासायी बनेकाे हाे। हकले  क्रमशः दीपेन्द्र सिंह एेरीलार्इ ४ रनमा, प्रनित थापामगर र अनिल शाहलार्इ शुन्य रनमा पवेलियन फर्काएका हुन्। 
नेपाल विरूद्ध ह्याट्रिक लिएका नबिन उल हक।

काठमाडाैं, साउन ५- सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा अफगानिस्तानले दिएकाे १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल धरासायी बनेकाे छ। 

अाठाैं अाेभरकाे चाैथाे, पाँचाै र छैठाै बलमा नेपाल विरूद्ध अफगानिस्तानका कप्तान नबिन उल हकले ह्याट्रिक लिएपछि नेपाली पारी धरासायी बनेकाे हाे। हकले  क्रमशः दीपेन्द्र सिंह एेरीलार्इ ४ रनमा, प्रनित थापामगर र अनिल शाहलार्इ शुन्य रनमा पवेलियन फर्काएका हुन्। 

नबिन उल हकले गत सेप्टम्बरमा अफगानिस्तानकाे सिनियर टीमबाट बंगलादेश विरूद्धकाे एक दिवसीय खेलमा डेब्यु गरेका थिए। उक्त खेलमा उनले १० अाेभरमा १ विकेट लिदै ६२ रन खर्चिएका थिए। लगत्तै खेलिएकाे अर्काे वान डे मा ८.२ अाेभर बलिङ गरेका उनले १ विकेट लिदै ४९ रन खर्चिएका थिए। यु १९ टीमकाे कप्तान समेत रहेका उनले बंगलादेशकाे टी २० सिनियर टीममा भने भने उनले नामिबिया विरूद्ध गत जनवरीमा डेब्यु गरेका हुन्। नामिबियासँग जनवरी १९ तारिखमा उनले सिनियर टीमबाट खेलेकाे एउटा मात्रै टी २० मा २ अाेभरकाे स्पेलमा १ अाेभर मेडर राख्दै ५ रन खर्चेर एक विकेट लिएका थिए। 

 


 

More form the Internet

loading...