Suvadin, Home

Cover Image

चैत ९ देखि चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता

गंगटा युथ क्लबकाे अायाेजनामा चैत ९ गतेदेखि म्याग्दीमा चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ। राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियाेगिताहरूमध्ये याे सबैभन्दा ठूलाे राशीकाे भएकाे अायाेजकले जनाएकाे छ।
प्रतियाेगिताबारे जानकारी दिदै अायाेजक गंगटा युथ क्लबका पदाधिकारीहरू। तस्बिर: शुभदिन

काठमाडाैं, फागुन २३ - गंगटा युथ क्लबकाे अायाेजनामा चैत ९ गतेदेखि म्याग्दीमा चाैथाे राष्ट्रिय ब्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ। राष्ट्रव्यापी ब्याटमिन्टन प्रतियाेगिताहरूमध्ये याे सबैभन्दा ठूलाे राशीकाे भएकाे अायाेजकले जनाएकाे छ।

राजधानीमा साेमबार अायाेजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रेशम पुनले प्रतियाेगितामा नगद पुरस्कार मात्रै तीन लाख ९० हजार रूपैयाँ रहने जानकारी दिए। प्रतियाेगितामा पाँच वटा बिधामा प्रतिस्पर्धा गराइने भएकाे छ। जसमा पुरूष एकल, पुरूष डबल, महिला एकल, भेट्रान डबल र यु १७ ब्याइज एकलका बीच प्रतिस्पर्धा गराइने पुनले बताए।

पुरूष एकल बिधाका बिजेताले ६० हजार, उपबिजेताले ३० हजार तथा तृतीयले १० हजार प्राप्त गर्नेछन्। यस बिधामा सहभागी हुन चाहनेले १५ हजार रूपैयाँसहित सहभागिताकाे अावेदन दिनुपर्नेछ। त्यस्तै, पुरूष डबल तर्फका प्रथम, द्वितीय र तृतीयले क्रमशः १ लाख, ५० हजार र १० हजार प्राप्त गर्नेछन्। यस बिधाकाे इन्ट्री शुल्क तीन हजार रहेकाे अायाेजकले बताएकाे छ।

महिला एकलका बिजेताले ३० हजार, उपबिजेताले १५ हजार तथा तृतीय हुनेले ५ हजार पाउने छन्। यस बिधामा इन्ट्रीकाे लागि १५ सय ताेकिएकाे छ भने भेट्रान डबलकाे बिजेता, उपबिजेता र तृतीयले क्रमशः ३० हजार, १५ हजार र ५ हजार पाउने छन्। यस बिधामा सहभागिताका लागि सहभागी हुन चाहानेले २ हजार इन्ट्री शुल्क तिर्नुपर्नेछ।

यु-१७ एकल ब्वाइज बिधाकाे इन्ट्री शुल्क एक हजार ताेकिए पनि पुरस्कार राशी भने काठमाडाैं जिल्ला क्रिकेट संघले साैजन्य गरेकाे अायाेजकले बताएकाे छ। पुरस्कार के हुने भन्नेबारे संघमा छलफल भइरहेकाे संघका अध्यक्ष दीपक थापाले बताए। 

प्रतियाेगिताकाे अनुमानित कुल बजेट २० लाख ७० हजार रहेकाे अायाेजकले बताएकाे छ। प्रतियाेगितामा समावेश गरिएका बिधाहरूलार्इ म्याग्दीका विभिन्न पर्यटकीय महत्वका क्षेत्रहरूकाे नामसँग जाेडेर उल्लेख गरिने अायाेजक गंगटा युथ क्लबका अध्यक्ष पुनले बताए।

प्रतियाेगितामा तीन सयभन्दा बढी देशभरिका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने अायाेजककाे अनुमान छ। पुरूष डबलतर्फ राष्ट्रिय खेलाडीहरूमध्ये १६ रेकिङभन्दा बढीले मात्र सहभागिता जनाउन पाउने तथा अन्य विधामा भने विभागीय टाेलीहरू नेपाल पुलिस, त्रिभुवन अार्मी, सशस्त्र प्रहरी तथा सम्पूर्ण राष्ट्रिय खेलाडीहरूकाे प्रतिस्पर्धा हुने अायाेजकले जनाएकाे छ।

प्रतियाेगितामा सहभागी हुने सम्पूर्ण खेलाडीहरूकाे अावास तथा खानाकाे प्रबन्ध समेत अायाेजकले गर्ने जनाइएकाे छ। प्रतियाेगिता बेनी कभर्डहलमा अायाेजना हुनेछ।

 


 

More form the Internet

loading...