Suvadin, Home

दाेस्राे अभ्यास खेलमा पनि नेपाल विजयी (स्काेरकार्ड सहित)

अादिल खान र सन्दिप सुनारले अर्धशतक बनाएपछि  टस जीतेर पहिले ब्याटिङ गरेकाे नेपाल यु १९ ले निर्धारित ५० अाेभरकाे खेलमा ९ विकेट गुमाएर ३ सय ३८ रन बनायाे। जसमा अादिलले ७५ रन बनाए। सय बलकाे सामना गरेका उनले २ चाैका र २ छक्का प्रहार गरे। त्यस्तै, अाेपनर सन्दिपले ५८ रनकाे पारी खेले। ४७ बलकाे सामना गरेका उनले ७ चाैका र १ छक्का प्रहार गरे।
नेपाली यु १९ खेलाडीहरू अभ्यासका क्रममा।

काठमाडाैं, अषाढ २१ - भारतकाे नाेयडामा नेपाली यु १९ क्रिकेट टीमले बुधवार दाेस्राे अभ्यास खेलमा गुरूग्राम स्पाेर्टस क्लबलार्इ २ सय ४९ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे छ। 

अादिल खान र सन्दिप सुनारले अर्धशतक बनाएपछि  टस जीतेर पहिले ब्याटिङ गरेकाे नेपाल यु १९ ले निर्धारित ५० अाेभरकाे खेलमा ९ विकेट गुमाएर ३ सय ३८ रन बनायाे। जसमा अादिलले ७५ रन बनाए। सय बलकाे सामना गरेका उनले २ चाैका र २ छक्का प्रहार गरे। त्यस्तै, अाेपनर सन्दिपले ५८ रनकाे पारी खेले। ४७ बलकाे सामना गरेका उनले ७ चाैका र १ छक्का प्रहार गरे। 

दीपेन्द्र सिंह एेरी र पवन सरार्फ अर्धशतक बनाउन झिनाे रनले चुके। दीपेन्द्र ५७ बलकाे सामना गर्दै ४८ रनमा राेकिए। यता, पवनले अाक्रमक इनिङ ४७ रनमा राेकियाे। २२ बलकाे सामना गरेका उनले ३ चाैका र ४ छक्का प्रहार गरे। त्यस्तै, नेपालका लागि प्रनित थापामगरले २८, सन्दिप लामिछानेले १७ र प्रकाश केसीले १२ रन जाेडेका थिए।

बलिङमा गुरूग्रामका मनिष रार्इ, हिमांशु हरी, शिषपाल सिंह र प्रताप सिंहले समान २ विकेट लिए। 

जवाफी ब्याटिङमा अाएकाे गुरूग्रामले २९.१ अाेभरमा सवै विकेट गुमाएर विकेट ८९ रन मात्रै बनाउँन सक्याे। उसका प्रताप सिंहले २८ तथा अाकाश सिसाेदियाले १८ बाहेक अन्यका खासै प्रदर्शन हुन सकेन्।

नेपालका पवन सरार्फले ४ तथा राेहित कुमार पाैडेल र विक्रम कुमार भुसालले समान २ विकेट लिए। 

यसअघि मंगलबार भएकाे पहिलाे अभ्यास खेलमा नेपालले फ्रेन्ड्स स्पोर्टस एकेडेमीलाई १ सय २१ रनकाे फराकिलाे अन्तरले पराजित गरेकाे थियाे।

यस्ताे छ स्काेरकार्ड

 


 

More form the Internet

loading...