Suvadin, Home

दक्षिण एशियाली कराँते तथा किक-बक्सिङ
१६ स्वर्णसहित २१ वटा पदक जित्दै नेपाल च्याम्पियन!

भारतको राजधानी दिल्लीमा सम्पन्न तेश्राे दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते तथा किक-बक्सिङ च्याम्पियनशीप प्रतियोगितामा सबैभन्दा धेरै पदक हासिल गरी नेपाल च्याम्पियन बनेको छ।
उपाधिसहित नेपाली टाेली।

इन्द्रकमल जैरू, नयाँ दिल्ली, १६ पुस – भारतको राजधानी दिल्लीमा सम्पन्न तेश्राे दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते तथा किक-बक्सिङ च्याम्पियनशीप प्रतियोगितामा सबैभन्दा धेरै पदक हासिल गरी नेपाल च्याम्पियन बनेको छ।

प्रतियोगितामा नेपालले एकल काता, पुमिते, टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिष्पर्धा सबैभन्दा धेरै २१ पदक हासिल गरी पहिलो भएको हो।

प्रतियोगितामा नेपालले १६ स्वर्ण, ४ रजत र एक काश्य पदक प्राप्त गरेको मुख्य प्रशिक्षक तथा जापान गोजुरीयो कराते डु मिशन संघ नेपालका अध्यक्ष एवम् संस्थापक केबी राना काजीले बताएका छन्।

दिल्लीको तालकटौरा स्टेडियममा बिहीबार र शुक्रबार भएको प्रतियोगितामा नेपालका तर्फबाट २० खेलाडीले सहभागिता जनाएका थिए। नेपालले २५ केजीमुनि र २५ केजीमाथि गरी ४ वटा समूहमा नेपाली खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए।

नेपाली खेलाडीहरुलाई २ हप्ताको बन्द प्रशिक्षण दिइएको थियो। खेलाडीसहित २७ सदस्यीय नेपाली राष्ट्रिय टोलीमा टिम संयोजक जापान गोजुरीयो कराते डु मिशन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, केन्द्रीय सचिव गिरीप्रसाद पुन, केन्द्रीय सदस्य भीमसेन थापा रहेका थिए।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान लगायतका दक्षिण एशियाली मुलुकका खेलाडीहरुको सहभागिता रहेको थियो।


 

More form the Internet

loading...