Suvadin, Home

Cover Image

 नेपाल र एमसीसीबीच प्रतिस्पर्धा, पारस र सन्दीप नखेल्न‍े 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा एमसीसीले टस जितेर नेपाललाई बलिङको निम्तो दिएको हो । ५० ओभरको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली एमसीसीविरुद्ध केहीबेरमा बलिङ थाल्नेछ । 

आइतबार भएको खेलमा नेपाली युवा टोली एमसीसीसँग ३८ रनले पराजित भएको थियो ।

आजको खेलमा नेपाली टोलीका पूर्वकप्तान पारस खड्का र स्पिनर सन्दीप लामिछाने खेल नखेल्ने भएका छन् ।  नेपालसँग एमसीसीसँग एकदिवसीय, फस्ट क्लास र टि–ट्वान्टी खेल खेल्नेछ । 

यसअघि नेपालले २०१५ मा एमसीसीसँग घरेलु मैदानमा प्रतिस्पर्धा गरेको थियो । एमसीसीले भ्रमण गरेपछि २०१८ मा नेपालले एमसीसीको घरेलु मैदान लर्डस्मा त्रिकोणत्मक सिरिज खेलेको थियो ।


 

More form the Internet

loading...