Suvadin, Home

नेपाली गल्स टिमको विजयी सुरुआत

नेपाली गल्र्स टिमले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्याे। सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे। डबल्समा सुभांगीलक्ष्मी शाह र ईशाश्रीको जोडीले जुबिन र समिनको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा हराए।
नेपाली टाेली।

काठमाडौं, जेठ २ - नेपाली गल्स टिमले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्याे।

सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन समिनलाई ६–३ र ६–० तथा ईशाश्री शाहले जुबिन जोया सलिमलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरे। डबल्समा सुभांगीलक्ष्मी शाह र ईशाश्रीको जोडीले जुबिन र समिनको जोडीलाई ६–० र ६–१ को सीधा सेटमा हराए।

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत ब्वाइज सिंगल्समा नेपालका आरभसम्राट हाडालाई श्रीलंकाका वेनुका किथ्नुलासंग ६–४ र ६–२ को सोझो सेटमा हारे। अर्को सिंगल्समा श्रीलंकाका विचिथ्या सरिन्दु निलाविराविरुद्धको खेलमा नेपालका आर्यन गिरी ३–२ ले अगाडि छन्।

ब्वाइजको समूह ‘बी’ कै अर्को लिगको सिंगल्समा बंगलादेशका मोहमद रोमन होसैनले पाकिस्तानका विलाल असिमलाई ६–१ र ६–१ पन्छाए। अर्को सिंगल्समा पाकिस्तानका हमिद इस्रार र बंगलादेशका हसन माहादी अल्भेले १–१ सेट आफ्नो पक्षमा पारेका छन् । तेस्रा सेटमा हमिदले ४–२ को अग्रता बनाएका छन्।

समूह ‘ए’ को ब्वाइज सिंगल्समा भुटानका थिन्ले दोर्जीले माल्दिभ्सका रउधक माउमुनलाई ६–१, ५–७ र ६–३ ले पाखा लगाए। समूह ‘बी’ को गल्र्स सिंगल्समा बंगलादेशकी सादिया अफ्रिनले भुटानकी युदेन कर्मा दोर्जीलाई ७–६ (६) र ६–३ ले हराइन्।

 


 

More form the Internet

loading...