Suvadin, Home

Cover Image

भारतलाई हराउदै नेपाल फाइनलमा

नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो मानिएको प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो।

काठमाडौं, जेठ ४ - नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ। 

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो मानिएको प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो।

फाइनलमा स्थान सुरक्षित गरेसंगै नेपाल काजाकिस्तानमा नोभेम्बरमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपमा स्थान पक्का गर्न सफल भएको छ। फाइनल पुग्ने दुई राष्ट्र काजाकिस्तानमा हुने च्याम्पियनसिपलाई छनोट हुने प्रावधान अनुरुप ब्वाइजमा बंगलादेश पनि सफल भयो। अर्को सेमिफाइनलमा बंगलादेशले भुटानलाई ३–० ले हराउदै नेपालसंग फाइनल भेट पक्का गर्याे।

पहिलो सिंगल्समा आरभसम्राट हाडाले भारतका बालाजी निथिस लथा नल्लुसामीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउदै नेपाललाई विजयी सुरुआत दिलाए। अर्को सिंगल्समा नेपालका आर्यन गिरी भारतका आयुशमान अर्जेरियासंग ६–१ र ६–० को सोझो सेटमा पराजित भएपछि खेल १–१ को बराबरी स्थितिमा पुगेको थियो। निर्णायक डबल्समा भने आरभ र आर्यनको जोडीले भारतका आयुशमान र कृषाङ रघुवंशीलाई ७–५ र ६–४ ले निराश पार्दै काजाकिस्तानको टिकट पक्का गरेका थिए।

‘सोचे भन्दा राम्रो नतिजा आएकोमा खुशी छु ।’ भारत बलियो प्रतिद्वन्द्वी हो। त्यैपनि उसलाई (भारत) कडा टक्कर दिनु पर्छ भन्नेमा थियौं। घरेलु कोर्ट र खेलाडीले राम्रो प्रदर्शन गरेकाले जित सम्भव भयो।’ नेपाली ब्वाइज टिमका प्रशिक्षक कृष्णराज घलेले भने– ‘अब फाइनलमा हाम्रो प्रतिद्वन्द्वी बंगलादेश हो। बंगलादेश शारीरिक रुपमा बलियो भएपनि प्राविधिक पक्षमा हाम्रो खेलाडी राम्रा छन् । फाइनलमा पनि केटाहरुले राम्रो प्रदर्शन गर्नेमा विश्वस्त छु ।’


 

More form the Internet

loading...