Suvadin, Home

साफ च्याम्पियनशीप फुटबलमा नेपाल समूह ‘ए’मा

बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ। बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह 'ए'मा परेको हो। नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन्।
नेपाली राष्ट्रिय फुटबल टोली।

काठमाडौं, ५ वैशाख – बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।

बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’मा नेपाल समूह ए मा परेको हो। नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन्।

आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन्।

साफ च्याम्पियनशीपमा नेपाल अहिलेसम्म फाइनल चरणमा पुग्न सकेको छैन। पछिल्लो संस्करणमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो।

सन् २०१३ मा भारतमा भएको साफ च्याम्पियनशीपमा नेपाल सेमिफाइनलसम्म पुगेको थियो।


 

More form the Internet

loading...