Suvadin, Home

आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपकाे नेपाल सेमिफाइनलमा

नेपाली ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह ‘ए’ को विजेता बने।
दोश्रो बीएनए कप बास्केटबलको जुनियर ब्वाइजमा नवजीवन विरुद्ध स्कोर गर्ने प्रयासमा बीएनएका खेलाडी।

काठमाडौं, जेठ ४ - नेपाली ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह ‘ए’ को विजेता बने।

 

बुधबारको खेल समाप्तिसंगै सेमिफाइनल समीकरण पनि तयार भएको छ। ब्वाइजमा नेपालले भारत तथा भुटानले बंगलादेश विरुद्ध खेल्नेछन्। गल्र्समा नेपालले श्रीलंकाको सामना गर्ने छ भने भारतको भेट बंगलादेशसंग हुनेछ। सेमिफाइनल बिहीबार हुनेछ। सेमिफाइनलमा जित निकाल्ने टोली काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपलाई छानिने छन्।

 

सातदोबाटोस्थित टेनिस कोर्टमा लिगको अन्तिम दिन ब्वाइजको समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तानलाई ३–० ले पराजित गर्याे। सिंगल्समा नेपालका आरभ सम्राट हाडाले पाकिस्तानका विलाल असिमलाई ६–३ र ६–३ तथा आर्यन गिरीले हमिद इस्रारलाई १–६, ६–० र ६–२ को सेटमा पराजित गरे। डबल्समा आरभ र आर्यनको जोडीले पाकिस्तानका हमिद र उमर कसान खलिललाई ६–४ र ६–१ को सोझो सेटमा हराए।

 

अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइजतर्फ समूह ‘ए’ मा भारतले माल्दिभ्सलाई ३–० तथा समूह ‘बी’ मा बंगलादेशले श्रीलंकालाई २–१ ले निराश पारे। गल्र्सको समूह ‘ए’ मा भारतले माल्दिभ्स तथा समूह ‘बी’ मा श्रीलंकाले बंगलादेशलाई समान ३–० को नतिजामा हराए।


 

More form the Internet

loading...