Suvadin, Home
Nepal life 3.778M

साबित्राः नेपाली महिला फुटबलकी शान

अपितु, जसले त्यो मैदानमा पुग्न पाइनन्, उनी आज अन्तर्राष्ट्रिय रंगशालाहरुमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गरिरहेकी छिन्। र, उनी नेपाल राष्ट्रका लागि एउटै प्रतियोगितामा दर्जनको हाराहारीमा गोल गर्दैछिन्। यी उदीयमान खेलाडी हुन्, साबित्रा भण्डारी। जो लमजुङको सिमपानीबाट अन्तर्राष्ट्रियस्तरमा खेल्ने पहिलो खेलाडी हुन्।
साबित्रा भण्डारी।

काठमाडौं, ७ जेठ – लमजुङ जिल्लाको सिमपानी गाउँ। आर्थिक रुपमा धेरैजसो विपन्न नागरिककै बसोबास रहेको क्षेत्र हो। केही सर्वसाधारण वैदेशिक रोजगारीमा गएका छन्। कोही लाहुरे छन्। कसैले आफ्नो दैनिकी धान्नका लागि थोरै लगानीमा व्यवसाय सञ्चालन गरेका छन्।

गाउँमाथि जंगल छ। अनि गाउँको मध्यभागमा एउटा स्कूल छ। र, स्कूलमा प्रायः खेलकुदका गतिविधि भइरहन्छन्। त्यही खेलमैदानमा थोरै युवाले खेलकुद गतिविधि सञ्चालन गरिरहेका हुन्छन्। हिउँदका महिनाभरि नै यो मैदानमा फुटबल र भलिबल प्रतियोगिता हुन्छन्।

त्यसो त भर्खरै धान काटेको खेतमा पनि त्यतिकै उत्साहका साथमा बालबालिकाहरु फुटबल र भलिबल खेल्ने गर्छन्। खेलमैदानमा पुग्ने खेलाडी सीमित मात्रै हुन्छन्। तर, त्यो खेलमैदानमा खेल्ने खेलाडीहरु अहिले पनि त्यही खेलिरहेका छन्।

अपितु, जसले त्यो मैदानमा पुग्न पाइनन्, उनी आज अन्तर्राष्ट्रिय रंगशालाहरुमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गरिरहेकी छिन्। र, उनी नेपाल राष्ट्रका लागि एउटै प्रतियोगितामा दर्जनको हाराहारीमा गोल गर्दैछिन्। यी उदीयमान खेलाडी हुन्, साबित्रा भण्डारी। जो लमजुङको सिमपानीबाट अन्तर्राष्ट्रियस्तरमा खेल्ने पहिलो खेलाडी हुन्।

‘सानो पैसा हुँदैनथियो, गाउँमा ब्राण्डेड फुटबल किनेर खेल्न निकै गाह्रो हुन्छ,’ साबित्राले बाल्यावस्था स्मरण गर्दै भनिन्, ‘तर, अलि–अलि सिक्दै आज यो ठाउँमा पुगेँ, खुशी छु।’

यस्तो रह्यो बाल्यावस्था

लमजुङको सिमपानीमा मध्यम् वर्गीय परिवारमा जन्मिएकी २१ वर्षीया साबित्रा भण्डारी गाउँकै स्कूलबाट एसएलसी पास गरेकी हुन्। स्नातक तहको पढाई गरिरहेकी साबित्राका बुवा थमबहादुर भण्डारी सरकारी जागिरे हुन्। आमा गृहिणी।

बाल्यावस्थामा आममहिलाको जस्तै दैनिकी बित्यो साबित्राको पनि। आमाबुवालाई घरायसी काममा सहयोग गर्ने, घाँस दाउरा गर्नेसँगै पढाईलाई अघि बढाएकी साबित्राले फुर्सदमा कपडाको गोल बनाएर खेल्ने गर्थिन्।

‘सानो पैसा हुँदैनथियो, गाउँमा ब्राण्डेड फुटबल किनेर खेल्न निकै गाह्रो हुन्छ,’ साबित्राले बाल्यावस्था स्मरण गर्दै भनिन्, ‘तर, अलि–अलि सिक्दै आज यो ठाउँमा पुगेँ, खुशी छु।’

लगनशील साबित्राको टोलीले भलिबलमा जिल्ला र क्षेत्रको छनौट चरण पार गर्दै काठमाडौंमा प्रतिस्पर्धा गरेको थियो। जसमा काश्य पदक प्राप्त गर्न उनको टिम सफल भयो। साबित्राले एथ्लेटिक्समा पनि उत्कृष्ट प्रदर्शन गरिन्। 

यसरी भयो राष्ट्रिय टोलीमा प्रवेश

भनिन्छ, चट्टान फोडेर उमिन्छ पीपल। वास्तवमै साबित्रा भण्डारी पनि चट्टान फोडेर उम्रिएको पीपल नै हुन्। ग्रामीण क्षेत्रको विपन्नता तथा सामाजिक विभेदले व्याप्त स्थितिलाई चिरेर अहिले साबित्राले आफूलाई अन्तराष्ट्रिय फुटबलमा स्थापित गरिरहेकी छिन्।

वि.सं. २०७० सालमा जिल्लामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी चलिरहेको थियो। एथ्लेटिक्सका विभिन्न खेलकुल हुने प्रतियोगितामा सावित्राले पनि सहभागी हुने अवसर पाइन्।

‘फुटबल खेल्न मन त थियो, तर अवसरै नपाइने,’ उनले भनिन्, ‘तर, राष्ट्रपति रनिङ शिल्डका बेला यस्तो मोड आयो, जसले मलाई नेपाली राष्ट्रिय टोलीको सदस्य बन्ने मौका प्रदान गर्यो।’ 

साबित्राका अनुसार फुटबलमा रुची भएपनि उनले खेल्नै पाइनन्। ‘मभन्दा सिनियरहरुले नै टिम भरियो, मैले भलिबल र एथ्लेटिक्स रोज्नुपर्ने भयो,’ उनले कारण खुलाइन्।

लगनशील साबित्राको टोलीले भलिबलमा जिल्ला र क्षेत्रको छनौट चरण पार गर्दै काठमाडौंमा प्रतिस्पर्धा गरेको थियो। जसमा काश्य पदक प्राप्त गर्न उनको टिम सफल भयो। साबित्राले एथ्लेटिक्समा पनि उत्कृष्ट प्रदर्शन गरिन्। 

धनपोखरामा भएको एउटा छनौट प्रतियोगितामा साबित्राको भेट लमजुङकै फुटबल रेफ्री शुक्र लामासँग भयो। शुक्रले साबित्राको फुटबल खेलप्रतिको मोह र लगाव थाहा पाएपछि सशस्त्र प्रहरी बलको एपिएफ क्लबमा अनुबन्ध गर्नका लागि सशक्त सहयोग गरेको उनी सम्झिन्छिन्।

तर, फुटबल खेल्नका लागि काठमाडौं जाने कुरा आमालाई स्वीकार्य भएन। बुवाले चाहिँ आफूलाई अघि बढ्न प्रेरणा दिएको साबित्रा सम्झिन्छिन्। 

काठमाडौं आएपछि शुरुको २ महिना फुटबल खेलेर कुनै आर्थिकोपार्जन भएन। तर, वि.सं. २०७२ साल फागुन २ गते साबित्राले सशस्त्र प्रहरी बलमा प्रवेश पाइन्। फुटबल खेलाडी र राष्ट्रसेवक दोहोरो पहिचान छ साबित्राको।

भारतमा सम्पन्न साफ च्याम्पियनशीपमा नेपाली टोलीले उपाधि त जितेन। तर, व्यक्तिगत प्रदर्शनका आधारमा साबित्रा सफल भइन्। साबित्राले प्रतियोगितामा १२ गोल गरिन्। यो प्रतियोगिताले उनलाई ‘गोलमेशिन’को उपमा पनि दियो।

एकपछि अर्को कीर्तिमान

वि.सं. २०७३ साल कात्तिक २० गते चौँथो प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलमा १० गोल गरेपछि उनको उदीयमान फुटबल खेलाडीको छविलाई थप उजागर गरिदियो। 

त्यसैगरी, भारतमा सम्पन्न साफ च्याम्पियनशीपमा नेपाली टोलीले उपाधि त जितेन। तर, व्यक्तिगत प्रदर्शनका आधारमा साबित्रा सफल भइन्। साबित्राले प्रतियोगितामा १२ गोल गरिन्। यो प्रतियोगिताले उनलाई ‘गोलमेशिन’को उपमा पनि दियो।

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ६ गोल गर्ने खेलाडीको कीर्तिमान बनाएकी छिन् सावित्रा भण्डारीले। उनले साफ महिला च्याम्पियनशीपमा भुटानविरूद्ध ६ गोल स्कोर गरेकी हुन्।

साबित्राले वि.सं. २०७१ सालमा पाकिस्तानमा भएको तेश्रो साफ च्याम्पियनशीपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेश गरेकी हुन्। उनले उक्त प्रतियोगितामा माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन्।

काठमाडौं आएपछि सावित्राले आफूलाई एपीएफको महिला टोलीमा खेल्न बोलाएको थाहा पाइन् र २०७१ साउनमा उनको एपीएफसँग सम्झौता भयो। यहीँबाट व्यावसायिक रूपमा उनले फुटबल खेल्न सुरू गरेकी हुन्।

डेब्यू गरेको ३ वर्षमै साबित्रा नेपाली राष्ट्रिय टोलीकी प्रमुख स्ट्राइकर बनिसकेकी छिन्। १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि साबित्राले महत्वपूर्ण २ गोल गरिन्। जसका कारण नेपालले रजत पदक जित्न सफल भएको थियो।

त्यसपछि एपीएफमा हुने नियमित प्रशिक्षण, म्याच एक्सोजर, मेहनतले आफूलाई परिपक्व बनाउँदै लगेको उनी बताउँछिन्। ‘यसले मलाई राष्ट्रिय टोलीमा पार्न सहयोग गर्याे,’ उनले शुभदिनसँग भनिन्। राष्ट्रिय टिममा पहिलो रोजाइकी खेलाडी बन्दै आएकी छिन् सावित्रा।

डेब्यू गरेको ३ वर्षमै साबित्रा नेपाली राष्ट्रिय टोलीकी प्रमुख स्ट्राइकर बनिसकेकी छिन्। १२औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पनि साबित्राले महत्वपूर्ण २ गोल गरिन्। जसका कारण नेपालले रजत पदक जित्न सफल भएको थियो।

उदीयमान खेलाडी साबित्रा भन्छिन्, ‘अझै धेरै प्रतियोगिताहरु खेल्नु छ, यो शुरुवात मात्रै हो।’


 

More form the Internet

loading...