Suvadin, Home

Cover Image

नेपाली क्रिकेटका नवीन आशा
आइसिसी डिभिजन–२ का ‘सर्वोत्कृष्ट खेलाडी’, आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर

नेपाली क्रिकेटले रचेको यो इतिहासका लागि राष्ट्रिय टोलीलाई नै श्रेय जान्छ। तर, राष्ट्रिय टोलीका केही खेलाडीको योगदान चाहिँ अरुको भन्दा विशिष्ट र निर्णायक रह्यो। हो, जसमध्ये एक खेलाडी हुन् नामिबियामा सम्पन्न डिभिजन–२ मा ६ खेलबाट १७ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीप लामिछाने। नेपाली क्रिकेट अझै उचाईतर्फ लम्कँदै छ भन्ने प्रमाण प्रस्तुत गर्दैगर्दा सन्दीपको उपस्थितिले थप उर्जा प्रदान गरेको थियो।
सन्दीप लामिछाने।

पवन खरेल, चितवन, १८ वैशाख – सन् २०१८ नेपाली क्रिकेटका लागि ऐतिहासिक रह्यो। नेपाली डिभिजन–२ बाट एक दिवसीय क्रिकेट खेल्ने राष्ट्रको सूचीमा नेपाल पुग्न सफल भयो।

नेपाली क्रिकेटले रचेको यो इतिहासका लागि राष्ट्रिय टोलीलाई नै श्रेय जान्छ। तर, राष्ट्रिय टोलीका केही खेलाडीको योगदान चाहिँ अरुको भन्दा विशिष्ट र निर्णायक रह्यो। हो, जसमध्ये एक खेलाडी हुन् नामिबियामा सम्पन्न डिभिजन–२ मा ६ खेलबाट १७ विकेट लिएर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित सन्दीप लामिछाने।

नेपाली क्रिकेट अझै उचाईतर्फ लम्कँदै छ भन्ने प्रमाण प्रस्तुत गर्दैगर्दा सन्दीपको उपस्थितिले थप उर्जा प्रदान गरेको थियो। नेपाली क्रिकेटलाई एक दिवसीय विश्वकप छनौटका लागि मार्गप्रशस्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे। 

जिम्बाबेमा केही समयअघि भएको आइसिसी एकदिवसीय विश्वकप छनौटमा सन्दीपले सदावहार खेल प्रस्तुत गरिनै रहे। ६ खेलमा १३ विकेट लिएका थिए सन्दीपले सोही प्रतियोगिताबाट नेपाल एक दिवसीय राष्ट्रको सूचीमा पुग्न सफल भएको हो।

सन्दीप लामिछाने सन् २०१६ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनशीपबाट राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका हुन्। कीर्तिपुरमा नामिबियासँग भएको खेल नै उनको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो।

चितवनका सन्दीपको राष्ट्रिय टिमसम्मको यात्रा

स्टार खेलाडी सन्दीप लामिछानेको घर चितवन जिल्लाको रत्ननगर हो। सन्दीपका बुवा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने हुन्। लामिछाने दम्पतिका दुई छोरा र तीन छोरी छन्।

सन्दीपका बुवा भारतको हरियाणा राज्यस्थित रेलवे विभागका कर्मचारी थिए। त्यसैले सन्दीप पनि धेरै समय हरियाणामा बसे। उनले भारतमा रहेकै बेला क्रिकेट सिकेका हुन्। सेवानिवृत्त भएपछि उनका बुवा घर फर्किए।

सानैदेखि क्रिकेटप्रति आकर्षित भएका सन्दीप घर फर्किएपछि प्रशिक्षक राजु खड्काको नारायणगढस्थित क्रिकेट एकडेमीमा भर्ना भए। र, त्यहीबाट सन्दीपको प्रारम्भिक क्रिकेट यात्रा शुरु भयो। खड्काले सन्दीपको क्रिकेटमा राम्रो सम्भावना देखेपछि नै उनलाई थप हौसला प्रदान गर्दै गए। सन्दीपको खेल निखारिँदै गयो। 

सन्दीप लामिछाने सन् २०१६ मा भएको विश्व क्रिकेट लिग च्याम्पियनशीपबाट राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश गरेका हुन्। कीर्तिपुरमा नामिबियासँग भएको खेल नै उनको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो। सन्दीपले पहिलो खेलमै विकेट लिएर प्रशिक्षकलाई आकर्षित गरेका थिए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणको जिम्मेवारी पुबुदु दसानायकेले हेरिरहेका थिए। संयोगले चितवन पुगेका दसानायकेले सन्दीपको खेले देखे। त्यसपछि सन् २०१५ मा उनले नै १९ वर्षमुनिको शिविरका लागि काठमाडौं निम्त्याएका हुन्।

राष्ट्रिय प्रशिक्षकसँग भेट

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षणको जिम्मेवारी पुबुदु दसानायकेले हेरिरहेका थिए। संयोगले चितवन पुगेका दसानायकेले सन्दीपको खेले देखे। त्यसपछि सन् २०१५ मा उनले नै १९ वर्षमुनिको शिविरका लागि काठमाडौं निम्त्याएका हुन्।

त्यसपछि उनको प्रवेश राष्ट्रिय टोली हुँदै अन्तर्राष्ट्रियस्तरको प्रतियोगितासम्म भएको हो। सन् २०१५ मै नेपाली राष्ट्रिय टिमबाट बंगलादेश पुगेका सन्दीपले पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरे।

आयरल्याण्डसँग भएको प्रतिष्पर्धामा पाँच विकेट लिएर चामत्कारिक खेल पस्कन सक्ने सम्भावनालाई अझै प्रबल बनाए। ‘चितवनमा पुबुदु सरसँग भएको भेट नै मेरो जीवनमा कोशेढुंगाका रुपमा स्थापित भयो,’ सन्दीपले भने।

क्रिकेट प्रतियोगितामा सबैभन्दा चर्चित र व्यावसायिक इण्डियन प्रिमियर लिग आइपिएलका लागि खेल्ने अवसरले सन्दीप लामिछानेभित्रको क्रिकेटको सम्भावनालाई थप सशक्त बनाइदिएको छ।

आइपिएल यात्रा

क्रिकेट प्रतियोगितामा सबैभन्दा चर्चित र व्यावसायिक इण्डियन प्रिमियर लिग आइपिएलका लागि खेल्ने अवसरले सन्दीप लामिछानेभित्रको क्रिकेटको सम्भावनालाई थप सशक्त बनाइदिएको छ।

अहिले उनी दिल्ली डेयर डेभिल्ससँग अनुबन्धित छन्। आइपिएलको ११औं संस्करणमा दिल्लीले सन्दीपलाई २० लाख भारतीय रुपैयाँ प्रदान गरेको छ।

सन्दीपलाई वेस्ट इण्डिज आयोजक राष्ट्र रहेको सिपिएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलर प्रदान गरेको छ।

क्यारेबियन प्रिमियर लिगमा पनि 

सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सिपिएलका लागि पनि अनुबन्धित नेपाली खेलाडी हुन्। सन्दीपलाई वेस्ट इण्डिज आयोजक राष्ट्र रहेको सिपिएलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार अमेरिकी डलर प्रदान गरेको छ।

नेपाली क्रिकेटमा आशाका किरण हुन् सन्दीप। जसबाट राष्ट्रले ठूलो अपेक्षा राखेको छ। त्यसैले उमेरसँगै उनीमाथि राष्ट्रिय दायित्व पनि थपिँदै जाने छ। ‘मैले सकेसम्म बेस्ट गर्ने कोसिस गरिरहेको छु, नेपाली क्रिकेटलाई अघि बढाउन सदैव प्रयत्नशील रहन प्रतिवद्ध छु,’ सन्दीपले भने।

एकपछि अर्को कीर्तिमान

सन्दीप लामिछाने छोटो समयमै  सशक्त खेलाडीका रुपमा स्थापित हुने मार्गमा अघि बढिरहेका छन्। उनलाई अझै मिहेनत गर्नु छ। र, नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अझै सशक्त खेल प्रस्तुत गर्नुछ।

नेपालमा मात्रै होइन, सन्दीपले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पनि उत्कृष्ट खेलाडीको प्रमाण पेश गरिसकेका छन्। १८ वर्षीय सन्दीपले हङकङ ब्लिज तथा अष्ट्रेलियालीको ए डिभिजनको क्लबमा पनि उपस्थिति जनाइसकेका छन्। 

नेपाली क्रिकेटमा आशाका किरण हुन् सन्दीप। जसबाट राष्ट्रले ठूलो अपेक्षा राखेको छ। त्यसैले उमेरसँगै उनीमाथि राष्ट्रिय दायित्व पनि थपिँदै जाने छ। ‘मैले सकेसम्म बेस्ट गर्ने कोसिस गरिरहेको छु, नेपाली क्रिकेटलाई अघि बढाउन सदैव प्रयत्नशील रहन प्रतिवद्ध छु,’ सन्दीपले भने।


 

More form the Internet

loading...