Suvadin, Home

प्रधानमन्त्री कपः पुलिस फाइनलमा

नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ। डिएल म्याथडका अाधारमा शशस्त्र प्रहरी बल (एपीएफ) लार्इ ३४ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेकाे हाे। 
नेपाली पुलिस क्लबका खेलाडीहरू। फाइल तस्बिर।

काठमाडाैं, जेठ २२ - नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियाेगिताकाे फाइनलमा प्रवेश गरेकाे छ। डिएल म्याथडका अाधारमा शशस्त्र प्रहरी बल (एपीएफ) लार्इ ३४ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेकाे हाे। 

टस हारेर पहिले ब्याटिंङकाे निम्ताे पाएकाे पुलिसले निर्धारित ५० अाेभरमा ९ विकेट गुमाएर २ सय ५२ रन बनायाे। पका कुशल भुर्तेलले सर्बाधिक ५२ रन बनाए। त्यस्तै, सिद्धान्त लाेहनीले ४०, दीपेन्द्र एेरीले ३७ तथा सुनिल धमला र अमित श्रेष्ठले समान २६/२६ रन बनाए। 

अमित श्रेष्ठले टिमाक लागि २२ रन जाेडे भने दिलिप नाथले १३ तथा अारिफ सेखले ८ रनका याेगदान दिए। पहिलाे विकेटका लागि पुलिसका सुनिल धमला र अमित श्रेष्ठले ६७ रनकाे साझेदारी गर्दै टिमलार्इ राम्राे सुरूवात दिलाएका थिए।  

बलिङ तर्फ एपीएफका अनिल शाहले तीन तथा ज्ञानेन्द्र मल्ल र अरूण एेरीले समान दुइ विकेट लिए।

बर्षाले खेल प्रभावित पारेपछि शशस्त्रले २८.३ अाेभरमा १ सय ३८ रनकाे लक्ष्य पाएकाे थियाे तर, एपीएफले १ सय ३८ रन मात्रै बनाउँन सक्याे।  एपीएफका कप्तान ज्ञानेन्द्र मल्लले ४५, सन्दिप सुनारले ३६, पृथु बास्काेटाले १९ तथा सुवाश खकुरेलले १७ रन बनाए। 

बलिङ तर्फ पुलिसका ललित राजबंशीले ३ विकेट लिए। १० अाेभरकाे बलिङमा उनले १ मेडन राख्दै ३१ रन खर्चिए। त्यस्तै, सुशिल कडेलले एक विकेट लिए। 


 

More form the Internet

loading...