Suvadin, Home

गौतम बुद्ध राष्ट्रिय कराँते प्रतियोगिता
प्रहरीलाई थप ६ स्वर्ण

काठमाडाैंमा जारी गौतम बुद्ध ४८ औं राष्ट्रिय कराँते प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल प्रहरीले थप ६ स्वर्ण जितेको छ। अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको छ।
राष्ट्रिय कराँतेमा प्रतिस्पर्धा गर्दै खेलाडी। तस्बिर साैजन्यः राखेप।

काठमाडाैं, चैत २१ -काठमाडाैंमा जारी गौतम बुद्ध ४८ औं राष्ट्रिय कराँते प्रतियोगिताको दोस्रो दिन आइतबार नेपाल प्रहरीले थप ६ स्वर्ण जितेको छ। अघिल्लो दिन ४ स्वर्ण जितेको प्रहरीको कूल स्वर्ण संख्या १० पुगेको छ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो बौद्धद्वारा आयोजित प्रतियोगिताको पुरुष ५५ केजीमा प्रहरीका सोनाम लामाले स्वर्ण जिते। उनले फाइनलमा त्रिभुवन आर्मी क्लबका रोशन बलामीलाई पराजित गरे। ६० केजीमा प्रहरीका रविन्द्र कार्की पहिलो भए। उपाधि भिडन्तमा रविन्द्रले मध्यमाञ्चलका राजकुमार रसाइलीलाई हराए। ६७ केजीमा मध्यपश्चिमाञ्चलका प्रकाश घर्ती च्याम्पियन बने। उनले पश्चिमाञ्चलका चन्द्र बुढालाई पाखा लगाए।

आयोजकका निरन्जन खड्कालाई निराश पार्दै प्रहरीका गंगाराम कुसुवारले ७५ केजीमा पहिलो स्थान कब्जा गरे। ८४ केजीमुनि प्रहरीका दिवस श्रेष्ठ पहिलो भए। उनले आर्मीका सुरज थारुको चुनौती समाप्त पारे।

महिलाको ५० केजीमा आर्मीकी मिस्ली श्रेष्ठले फाइनलमा पूर्वाञ्चलकी जिना सुब्बालाई पन्छ्याउदै शीर्ष स्थान हात पारिन्। ५५ केजीमा प्रहरीकी मल्लिका थापा पहिलो भइन्। मल्लिकाले एपीएफकी सुस्मिता वाइबालाई हराइन्। ६१ केजीमा च्याम्पियन बन्ने क्रममा प्रहरीकी सुनीता महर्जनले आर्मीकी सुक्मित राईलाई पाखा लगाइन् । प्रहरीकी कोपिला विष्ट विरुद्धको फाइनलमा विजयीहुँदै आर्मीकी विभूशा थापाले ६८ केजीको स्वर्ण आफ्नो नाममा लेखाइन्।


 

More form the Internet

loading...