Suvadin, Home

Cover Image

नेपाली तेक्वान्दो टोली अन्तर्राष्ट्रिय तेक्वान्दो सहभागी हुँदै

भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडीको बिदाई गरिएको छ। उनीहरुलाई तेक्वान्दो जिल्ला कार्यसमितीका अध्यक्ष पुष्पराज जोशी र सहसचिव धनराज दराई लगायतले बिदाई गराए। भारतको अमृतसर मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हुँदैछ।
बिदार्इ भएकाे नेपाली टाेली।

काठमाडाैं, जेठ २ - भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडीको विदाई गरिएको छ। उनीहरुलाई तेक्वान्दो जिल्ला कार्यसमितिका अध्यक्ष पुष्पराज जोशी र सहसचिव धनराज दराई लगायतले विदाई गराए। भारतको अमृतसर मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा हुँदैछ।

चितवन जिल्ला तेक्वान्दो कार्यसमितिका उपाध्यक्ष समेत रहेका रोशन खानको प्रशिक्षणमा ११ पुरुष खेलाडीले अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट चुनौती प्रस्तुत गदैछन्। च्याम्पियनसिपमा सहभागीता जनाउन लागेका खेलाडी चितवनका हुन्।

च्याम्पियनसिपमा पुरुषतर्फ ३२ केजी तौल समूहमा आषिश सुवेदी,३८ केजी तौलमा सब्बीर रावल,४० केजीमा उस्मान कार्की,४५ केजीमा प्रवेश पण्डित ,४८ केजीमा सितल प्रजा र ५० केजीमा मोहम्मद उमर खानले प्रतिस्पर्धा गर्नेछन्। पुरुषकै  ५२ केजीमा अब्बास खान,५८ केजीमा सागर तामाङ,६३ केजीमा दिपेन्द्र नेपाली र ६८ केजीमा मोहम्मद कलिममुल्लाह मियाँले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन्। कार्यक्रममा कार्यसमीतीका अध्यक्ष जोशीले लामो समय पश्चात नेपालको सहभागीता भएकाले उच्च प्रदर्शनका साथ स्वर्ण पदक ल्याउन शुभकामना दिए।

त्यस्तै प्रशिक्षक खानले राम्रै तयारीका साथ अन्तर्राष्ट्रिय सहभागीता जनाउन लागेकाले खेलाडीले उच्च प्रदर्शन गर्ने विश्वास ब्यक्त गरे। उनले भने ‘हामीसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च पर्दशन गर्दै स्वर्ण पदक दिलाएका खेलाडी पनि जादैछन् त्यसैले पनि आगामी प्रतियोगिता राम्रै हुने आशा छ।’ उक्र टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।


 

More form the Internet

loading...