Suvadin, Home

Cover Image

नाडेज्दा कपको उपाधिका लागि नेपाल उज्वेकिस्तानसँग भिड्दै

काठमाडौं । किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलको उपाधिका लागि नेपाल आज बलियो टोली उज्वेकिस्तानसँग खेल्दैछ । 

लिग चरणमा हार ब्यहोरेको नेपाल उपाधिका लागि बलियो उज्वेकिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरू हुनेछ ।

घरेलु टोली किर्गिस्तान र ताजकिस्तानमाथि शानदार जित निकाल्दै फाइनल यात्रा तय गरेको नेपाल अन्तर्राष्ट्रिय मैदानमा वर्षको पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।  

तर अपराजित उज्वेकिस्तानमाथि जित निकाल्न कठिन छ । यद्यपि नेपाल पहिलो खेलमा भएका कमिकमजोरी सच्याँउदै जित निकाल्ने योजनामा छ ।  फिफा वरीयतामा उज्वेकिस्तान नेपाल भन्दा ५७ स्थान माथि छ । नेपाल १०१ औं स्थानमा रहँदा उज्वेकिस्तान ४४ औं स्थानमा छ ।

लिग चरणमा नेपाल उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो । 


 

More form the Internet

loading...