Suvadin, Home
Nepal life 1.832M

भुटान ३३ रनमा अलआउट, नेपाल अंक तालिकाको शीर्ष स्थानमा 

नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो। ललित नारायण राजवंशीले इनिङसको दोस्रो र तेस्रो बलमा विकेट लिंदै नेपाललाई शानदार शुरुवात दिलाएका थिए। विकेट मेडनबाट सुरु भएको नेपालको बलिङलाई सन्दीपले निरन्तरता दिए। उनले चौथो ओभरमा दुई विकेट लिए।

काठमाडाैं, २३ असोज – आईसीसी विश्वकप टि-२० एशिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ। ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो।

नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७औं ओभरमा ३३ रन जोड्दै अलआउट भएको थियो। ललित नारायण राजवंशीले इनिङसको दोस्रो र तेस्रो बलमा विकेट लिंदै नेपाललाई शानदार शुरुवात दिलाएका थिए। विकेट मेडनबाट सुरु भएको नेपालको बलिङलाई सन्दीपले निरन्तरता दिए। उनले चौथो ओभरमा दुई विकेट लिए।

सन्दीप र ललितले शुरुवाती ८ ओभर बलिङ गर्दै ११ रन खर्चेर ६ विकेट हात पारेका थिए। सन्दीपले ४ ओभरमा २ मेडनसहित ६ रन दिंदै ३ विकेट लिए। ललितले ४ ओभरमा २ मेडन राख्दै ४ रन खर्चेर ३ विकेट नै हात पारे।

भुटानको इनिङसमा सर्वाधिक स्कोर बनाएका तेन्जिङ वाङचुक जुनियरले ११ रन जोड्नेक्रममा २ चौका प्रहार गरे। नेपालका लागि वसन्त रेग्मीले २ तथा दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरले १-१ विकेट हात पारे। भुटानका ४ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन्।

त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रन जोडेको थियो। नेपालका लागि ओपनर प्रदिप ऐरीले नटआउट ७५ रन जोडे। उनले ६८ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। यो टि-२० क्रिकेटमा नेपालको लागि सर्वाधिक स्कोर पनि हो। यसअघि यो रेकर्ड कप्तान पारस खड्काको नाममा थियो।

इनिङसको तेस्रो बलमा विनोद भण्डारीलाई गोल्डेन डकमा गुमाएको नेपालको खराब सुरुआत गरेको थियो। प्रदिप र अनिल साहले दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए। अनिलले २१ बलमा २ चौका र १ छक्काको मदतले २७ रन जोडे।

मध्यक्रममा आरिफ शेखले १५ बलमा १३ रनको योगदान दिए। दिपेन्द्र १० बलमा २ चौकासहित १५ रन जोड्दै आउट भए। करण केसीले ५ बलको सामना गर्दै १ छक्कसहित नटआउट ११ रन प्रहार गरे। भुटानका लागि संजिवन, रमेश लिम्बू, जिग्मे सिंगे र थिन्ले जाम्सोले १-१ विकेट हात पारे।

यस जितसँगै नेपाल लगातार ४ खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा छ। नेपालले बुधबार हुने खेलमा चीन र शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ।


 

More form the Internet

loading...