Suvadin, Home
Nepal life 3.72M

आइसिसी विश्व टी–२० एशियाः नेपालको लगातार पाँचाैँ जीत

आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाैँ जित निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो। चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अकंको रन बनाउन सकेनन्। चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए। 

काठमाडौं, २४ असोज – आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जीत निकालेको छ। 

आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाैँ जित निकालेको हो। टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो। चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अकंको रन बनाउन सकेनन्। चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए। 

चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन–तीन विकेट लिए। चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे। चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो।

एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिगांपुरसँग खेल्नेछ। जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अकं जोडेर शीर्ष स्थानमा छ। चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अकंविहीन हुँदै पुछारमा रहेको छ। 


 

More form the Internet

loading...