Suvadin, Home

Cover Image

विश्वकप छनोटका लागि नेपाल र अस्ट्रेलियाको  भिड्दै 

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार अस्ट्रेलियासँग खेल्दैछ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोलीसँग खेल्न लागेको हो ।

अस्ट्रेलियाको क्यानबेरास्थित जीयओ रंगशालामा नेपालले भोलि अस्ट्रेलियासँग विश्वकप छनोट खेल खेल्दैछ । खेल नेपाली समयअनुसार आज २ बजेर ४५ मिनेटमा हुँदैछ । नेपाली राष्ट्रिय टोली एक साताअघि नै अस्ट्रेलिया पुगेको हो । 

अस्ट्रेलियाको वातावरणमा घुलमिल गराउन र त्यहाँको स्थानीय रंगशालामा प्रशिक्षण गर्नका लागि टोली चाँडै नै उताको पुगेको हो । सन् २०२२ मा हुने कतारमा फिफा विश्वकप फुटबलको एशियाली छनोट प्रतियोगितामा नेपाल अस्ट्रेलियाको होममा खेल्न लागेको हो ।

नेपाल परेको समूह ‘बी’ मा अस्ट्रेलियासहित जोर्डन, चाइनिज ताइपेई र कुवेत पनि छन् । एसियन च्याम्पियन अस्ट्रेलियासँग भने नेपालले अहिलेसम्म सिनियर स्तरमा खेलेको छैन ।

विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७-० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । 

नेपाली टोली उच्च मनोवलसहित मैदानमा उत्रने नेपाली टिमका कप्तान तथा गोलरक्षक किरण चेमजोङले बताएका छन् । 

जितको लक्ष्यसहित अष्ट्रेलिया जान लागेको टोलीको कप्तानीको जिम्मेवारी गोलकिपर किरण चेम्जोङलाई दिइएको छ । टोलीको गोलकिपरमा किरणसँगै विकेश कुथु, विशाल श्रेष्ठ छन् ।

डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल छन् । मिडफिल्डमा रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई छन् ।

स्टाइकरमा विमल घर्तीमगरसँगै अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । नेपालले अष्ट्रेलियापछि असोज २८ गते जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । अस्ट्रेलिया प्रस्थान गर्नुअघि टिमका कप्तान किरण चेमजोङले विश्वकप खेलिसकेको अस्ट्रेलिया बलियो टोली रहेको बताउँदै अस्ट्रेलियासँग अन्तिम अवस्थासम्म डटेर प्रतिस्पर्धा गर्ने बताएका थिए ।


 

More form the Internet

loading...