Suvadin, Home
Bridge Water

१५४ रनको लक्ष्य पच्छ्याउँदै नेपाल (हेर्नुहोस् लाइभ स्कोर)

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो। हङ्कङ्का लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाएका छन्।

काठमाडौं, फागुन २८ – आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भइरहेको समूह चरणको अन्तिम खेलमा हङकङले नेपाललाई १५४ रनको चुनौती दिएको छ।

जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा टस जितेर ब्याटिङ गरेको हङ्कङ्ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो।

हङकङ लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाएका छन्।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुई–दुई तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक–एक विकेट लिए।

अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो। नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो।