Suvadin, Home

नेपाल र भारत भिड्ने

नेपाली राष्ट्रिय फुटबल टाेलीले भारतकाे राष्ट्रिय फुटबल टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। अागामी जुन ६ मा भारतकाे मुम्बइमा नेपाल र भारतबीच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ। 
अभ्यासरत नेपाली खेलाडीहरू। तस्बिरः एन्फा।

काठमाडाैं, जेठ ३ - नेपाली राष्ट्रिय फुटबल टाेलीले भारतकाे राष्ट्रिय फुटबल टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। अागामी जुन ६ मा भारतकाे मुम्बईमा नेपाल र भारतबीच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ। 

एएफसी एसियन क्वालिफायर २०१९ अन्तर्गतकाे अाफ्नाे दाेस्राे खेलका लागि अभ्यासमा रहेका दुबै टाेलीका लागि मैत्रीपूर्ण खेल महत्वपसूर्ण हुने एन्फाले जनाएकाे छ। क्वालिफायरमा नेपालले जुन १३ मा यमनकाे सामना गर्दैछ।

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक ग्यातुकाे काेजीले उक्त खेलका लागि तयारी सुरू भइसकेकाे र भारतसँग भइरहेकाे मैत्रीपूर्ण खेल महत्वपूर्ण हुने बताए। खेलका लागि ३२ खेलाडीहरू बन्द प्रशिक्षणमा राखिएकाे छ। 


 

More form the Internet

loading...