Suvadin, Home

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल
दश खेलाडीमा सिमित बनेकाे नेपाल भारतसँग २-० ले पराजित

एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ। भारतस्थित मुम्बईको अधेरी स्पोर्टस् कम्प्लेक्समा भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित भएको हो । 

काठमाडौँ, जेठ २४ - एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ। भारतस्थित मुम्बईको अधेरी स्पोर्टस् कम्प्लेक्समा भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित भएको हो । 

खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिएको नेपालले मध्यान्तरपछि दुई गोल खान पुग्यो । खेलको ५९ औँ मिनेटमा भारतका सन्देश झिगनले पहिलो गोल गरे भने खेलको ७८ औँ मिनेटमा अर्का खेलाडी जेजेलाल पेखुलले एक गोल थपें । 

यता खेलको ६७ औँ मिनेटमा नेपालका कप्तान विराज महर्जनले रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो । भारतकै निमन्त्रणामा नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलेको हो । लेबनानसँगको मैत्रीपूर्ण खेल रद्ध भएपछि भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।  


 

More form the Internet

loading...