Suvadin, Home

Cover Image

यु १४ क्रिकेट
द्वीपक्षीय सिरिजमा काठमाडाैंद्वारा मुम्बर्इ पराजित

राजधानीमा यु १४ नेपाल भारत द्वीपक्षीय हाेम एण्ड अवे टी २० सिरिजका दुर्इखेलमा भारतकाे मुम्बर्इस्थित प्यादा स्पाेर्टस क्लबलार्इ पराजित पार्दै नेपाल क्रिकेट स्कुल काठमाडाैले सिरिजमा ३-० काे जित दर्ता गरेकाे छ। 
नेपाल क्रिकेट स्कुलकाे लाेगाे।

काठमाडाैं,वैशाख २९ - राजधानीमा भएकाे यु १४ नेपाल भारत द्वीपक्षीय हाेम एण्ड अवे टी २० सिरिजका दुर्इखेलमा भारतकाे मुम्बर्इस्थित प्यादा स्पाेर्टस क्लबलार्इ पराजित पार्दै नेपाल क्रिकेट स्कुल काठमाडाैले सिरिजमा ३-० काे जित दर्ता गरेकाे छ। 

शुक्रबार भएकाे पहिलाे खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेकाे मुम्बर्इले १९.२ अाेभरमा १० विकेट गुमाएर ९९ रन मात्र जाेड्न सक्याे। उसका बिनित यादवले २९, अादित्य साैम्यले २६ रन बनाए। बलिङ तर्फ नेपाल क्रिकेट स्कुलका अायुष बानियाले ३ विकेट लिए। 

नेपाल क्रिकेट स्कुलले १९.५ अाेभरमा नाै विकेट गुमाउदै लक्ष्य भेटायाे। स्कुलका सम्भाव श्रेष्ठले ३०, शिभम तिवारीले १४ तथा अनमाेल खड्काले ११ रन जाेडे। मुम्बर्इका समय जिग्नेशले ४ तथा विनित यादवले १ विकेट लिए। खेलमा स्कुलले १ विकेटकाे जीत हात पार्याे। 

त्यस्तै, शुक्रबार नै भएकाे दाेस्राे खेलमा पनि स्कुलले पाँच विकेटकाे जित हात पारेकाे छ। टस हारेर पहिले ब्याटिङमा गरेकाे मुम्बर्इले निर्धारित अाेभरमा ७ विकेट गुमाएर एक सय २६ रन बनायाे। उसका विनित यादवले २८, अादित्य साैम्यले १८ रन बनाए।

नेपाल क्रिकेट स्कुलले १९.२ अाेभरमा ५ विकेट गुमाउदै लक्ष्य भेटायाे। स्कुलका सम्भाव श्रेष्ठले २२, शिभम तिवारीले ३० तथा अनमाेल खड्काले २५ रन जाेडे। खेलका म्यान अफ द म्याच स्कुलका शिभम तिवारी भए। 


 

More form the Internet

loading...