Suvadin, Home

नेपालविरुद्ध केन्याः टस जितेर फिल्डिङ गर्ने निर्णय

नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ। नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ।
फाइल तस्वीर

काठमाडौं, २९ माघ – आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ। 

नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ। नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ। 

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स युएईलाई पराजित गरेको थियो। र, ओमानसँग हार बेहोरेको छ। जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ। दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ।


 

More form the Internet

loading...