Suvadin, Home

फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ गोल

नेपाल समूह ए काे शीर्ष स्थानमा छ भने माल्दिभ्स दाेस्राेमा छ। यसअघि अाफ्नाे पहिलाे खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो। जसमा सावित्रा एक्लैले ६ गाेल गरेकी थिइन्। जितपछि प्रतिक्रिया दिँदै नेपाली टीमका प्रशिक्षक कुमार थापाले भने, 'हामी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागी भएका हाैं। हामीलाई हाम्राे लक्ष्य झन नजिक देखिरहेकाे छ।'
माल्दिभ्सविरूद्ध गाेल गरेपछि खुसी मनाउँदै सावित्रा भण्डारी।

काठमाडाैं, पुस १४


माल्दिभ्सविरूद्ध नेपाली स्टाइकर सावित्रा भण्डारी फेरि चम्केपछि भारतकाे सिलगढीमा जारी चाैथाे साफ महिला च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा स्थान लगभग पक्का गरेकाे छ। बुधबार राति भएकाे समूह चरणकाे अाफ्नाे दास्राे खेलमा सावित्राकाे ५ गाेलकाे मदतले नेपालले माल्दिभ्सलाइ ९-० ले पाखा लगायाे।

पहिलाे हाफमा नेपालले सावित्राकाे ह्याट्रिक मदतले माल्दिभ्समाथि ३-० काे अग्रता लियाे। सावित्राले खेलकाे १२, २८ र ३९ अाैं मिनेटमा गरिन्। दाेस्राे हाफकाे ५२ र ६३ मिनेटमा गाेल गर्दै सावित्राले अाफ्नाे ५ गाेल पुरा गरिन्। त्यस्तै, नेपालकी मञ्जरीकुमारी याेञ्जन (५२), सपना लामा (७१), हिराकुमारी भुजेल (७४) र निर्मला विकले इञ्जुरी समयकाे ३ मिनेटमा गाेल गर्दै नेपाललाई ९-० काे एेतिहासिक जित दिलाए।

जितसँगै नेपाल समूह ए काे शीर्ष स्थानमा छ भने माल्दिभ्स दाेस्राेमा छ। यसअघि अाफ्नाे पहिलाे खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो। जसमा सावित्रा एक्लैले ६ गाेल गरेकी थिइन्। जितपछि प्रतिक्रिया दिँदै नेपाली टीमका प्रशिक्षक कुमार थापाले भने, 'हामी जित्ने लक्ष्यका साथ प्रतियाेगितामा सहभागी भएका हाैं। हामीलाई हाम्राे लक्ष्य झन नजिक देखिरहेकाे छ।'

त्यस्तै, कीर्तिमानी सावित्राले प्रशिक्षककाे शब्द सापटी लिँदै भनिन्, 'हामी स्वर्ण पदकका लागी यहाँ अाएका हाै र त्यसैका लागी मेहनत गरिरहेका छाैं।' 

नेपालले अब शुक्रबार समूह चरणकाे अन्तिम खेलमा श्रीलंकाकाे सामना गर्नेछ। नेपाल तीनवटै खेलमा जित निकाल्दै समूह बिजेता बन्ने दाउमा छ। 

याे पनि पढ्नुहाेस् :-

काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?


 

More form the Internet

loading...