Suvadin, Home

एक दिवसीयको मान्यताका लागि नेपालसामु ११५ रनकाे चुनैती

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनाएकाे छ। 

काठमाडौं, चैत १ – विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई १ सय १५ रनको चुनौती दिएको छ। 

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १ सय १४ रन बनाएकाे छ। 

पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाएकाे छ। पपुवा न्यूगिनीलाई १ सय १४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार-चार विकेट लिए करण केसी र सोमपाल कामीले १–१ विकेट लिएका छन्। 

नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ। नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ। 


 

More form the Internet

loading...