Suvadin, Home

एसिसि एसिया कप छनोटः नेपालद्वारा सिंगापुर ४ विकेटले पराजित

नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २९ तथा ओपनर सुबास खकुरेल र सागर पुनले समान १४-१४ रन जोडे। कप्तान पारस खड्का ११ रन जोड्दा आरिफ शेख ४ रनमा नटआउट रहे।

काठमाडौं, १७ भदौ –  मलेसियामा जारी एसिसि एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित निकालेको छ।

सिंगापुरले दिएको १५५ रनको लक्ष्य नेपालले ६ विकेट गुमाउँदै २८.१ ओभरमा पुरा गरेको हो।

नेपालका लागि अनिल कुमार साहले सर्वाधिक ४३ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले २९ तथा ओपनर सुबास खकुरेल र सागर पुनले समान १४-१४ रन जोडे। कप्तान पारस खड्का ११ रन जोड्दा आरिफ शेख ४ रनमा नटआउट रहे।

एसिया कप छनोटको सम्भावना जिवितै राखेको नेपालले अब अन्तिम खेलमा हङहङलाई हराएर अर्काको खेलमा भर पर्नुपर्नेछ।


 

More form the Internet

loading...