Suvadin, Home

धनगढी प्रिमियर लिग
नेपाल-११ र धनगढी-११ काे टाेली घाेषणा 

सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल-११ र धनगढी-११ टिमकाे घाेषणा गरिएकाे छ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगकाे सहकार्यमा टाेलीकाे घाेषणा गरेकाे हाे। डिपिएलकाे उद्घाटन खेलमा नेपाल-११ काे कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ काे कप्तानी पदम केसीले गर्नेछन्। केसी पूर्वराष्ट्र्रिय खेलाडी पनि हुन्। उनले यसअघि डिसिएल-३ काे च्याम्पियन टिम चाैराहाकाे कप्तानी समेत गरेका थिए। 
धनगढी-११ का कप्तान पदम केसी र नेपाल-११ का कप्तान पारस खड्का। तस्बिरः शुभदिन।

काठमाडाैं, चैत २२ - सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डिपिएल) काे उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने नेपाल-११ र धनगढी-११ टिमकाे घाेषणा गरिएकाे छ। अायाेजक धनगढी क्रिकेट एकेडेमीले नेपाली क्रिकेट खेलाडी संघसँगकाे सहकार्यमा टाेलीकाे घाेषणा गरेकाे हाे। 

डिपिएलकाे उद्घाटन खेलमा नेपाल-११ काे कप्तानी पारस खड्काले गर्नेछन् भने धनगढी ११ काे कप्तानी पदम केसीले गर्नेछन्। केसी पूर्वराष्ट्र्रिय खेलाडी पनि हुन्। उनले यसअघि डिसिएल-३ काे च्याम्पियन टिम चाैराहाकाे कप्तानी समेत गरेका थिए। 

नेपाल-११ काे टिममा पारससँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गाैचन, बसन्त रेग्मी, साेमपाल कामी, सागर पुन, विनाेद भण्डारी, सन्दिप लामिछाने, दिलीप नाथ, मेहबुब अालम,, अविनाश कर्ण, अाशिफ सेख, अारिफ सेख र सुशान भारी छन्। टिमकाे मुख्य प्रशिक्षकमा जगत टमटा छन् भने व्यवस्थापककाे जिम्मेवारी रमन शिवाकाेटीले निभाउने छन्।

त्यस्तै, धनगढी ११ काे टिममा केसीसँगै सुनील धमला, दीपेन्द्रसिंह एेरी, राजु रिजाल, भुवन कार्कीजस्ता राष्ट्रिय खेलाडीहरू छन्। उनीहरूसँगै विजय राना, अायुव चन्द, नारायण जाेशी, विक्रम ठगुन्ना, राेमन बम, राेशन अधिकारी, लाेकेश बम, विपीन रावल र अमित पडालले धनगढी-११ काे प्रतिनिधित्व गर्ने भएका छन्।

नेपाली राष्ट्रिय टिम र धनगढी-११ बीच हुने खेलकाे खर्च कटाएर बचेकाे रकम फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान (ड्रिम फाप्ला) लाई हस्तान्तरण गरिने अायाेजक धनगढी क्रिकेट एकेडेमीले जनाएकाे छ। साे दिनकाे टिकट रकम १ सय रूपैयाँ कायम गरिएकाे छ। 

चैत २७ गतेबाट सुरू हुने प्रतियाेगिताकाे उद्घाटन खेलमै दुबै टाेली भिड्न लागेका हुन्। प्रतियाेगितामा देशका विभिन्न ६ वटा सहरहरूले प्रतिस्पर्धा गर्नेछन्। देशकै सर्वाधिक पुरस्कार राशीकाे अक्सनमा अाधारित प्रतियाेगिताकाे बिजेताले १५ लाख तथा उपबिजेताले ७ लाख रूपैयाँ पाउनेछन्। 

यस्ताे छ टिम :

धनगढी-११

नेपाल-११

 


 

More form the Internet

loading...