Suvadin, Home

नेपाली क्रिकेट टाेली किन सधैं भारत जान्छ?

स्वास्थ्य बिग्रिएपछि कप्तान पारस खड्का दिल्ली नजाने यसअघि नै तय भइसकेको थियो। पारस नजाने भएपछि १८ जना खेलाडी तथा ६ जना अफिसियलको टोली भारत भम्रण जान लागेको हो। नेपाली टोली साँझ ५ बजे त्रिभुवन विमानस्थल हुँदै दिल्ली प्रस्थान गर्न लागेको हो। दिल्ली जाने खेलाडीहरूमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषवाकर, आरिफ शेख, शक्ति गौचन, दिलिप नाथ, मेहबुव आलम, करण केसी, आशिफ शेख, सागर पुन, भुवन कार्की, अभिनाष कर्ण, सोमपाल कामी, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर र सन्दीप लामिछाने रहेका छन्।
भारत भम्रणका क्रममा नेपाली टाेली। फाइल तस्बिर : इण्डियन एक्सप्रेस

काठमाडौं, फागुन १३ - आगामी फागुन २८ र ३० गते त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने केन्यासँगको खेलको अन्तिम तयारीका लागि नेपाली टोली शुक्रबार भारतको दिल्ली प्रस्थान गर्दैछ। कीर्तिपुरमा भएको चौबिस जना खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट छनौटमा परेका १९ जना खेलाडीहरू दिल्ली जान लागेका हुन्।

स्वास्थ्य बिग्रिएपछि कप्तान पारस खड्का दिल्ली नजाने यसअघि नै तय भइसकेको थियो। पारस नजाने भएपछि १८ जना खेलाडी तथा ६ जना अफिसियलको टोली भारत भम्रण जान लागेको हो। नेपाली टोली साँझ ५ बजे त्रिभुवन विमानस्थल हुँदै दिल्ली प्रस्थान गर्न लागेको हो।

दिल्ली जाने खेलाडीहरूमा ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, शरद भेषवाकर, आरिफ शेख, शक्ति गौचन, दिलिप नाथ, मेहबुव आलम, करण केसी, आशिफ शेख, सागर पुन, भुवन कार्की, अभिनाष कर्ण, सोमपाल कामी, सुनिल धमला, दीपेन्द्रसिंह ऐरी, बसन्त रेग्मी, राजेश पुलामी मगर र सन्दीप लामिछाने रहेका छन्।

यसमा युवा खेलाडीहरू दिलीप नाथ, आशिफ सेख र दीपेन्द्रसिंह ऐरी पहिलो पटक राष्ट्रिय टिमको अन्तिम छनौट नजिक स्थान बनाएका हुन्। नेपालले दिल्लीमा तीन वटा अभ्यास खेल खेल्ने छ। र, सोही अभ्यास खेलपछि अन्तिम १४ जना खेलाडीको टुंगो लगाइने छ। 

त्यस्तै, भारत जाने अफिसियलहरूमा मुख्य प्रशिक्षक जगत टमाट्टा, बलिङ कोच विनोद दास, व्यवस्थापक रमन शिवाकोटी, फिजियो दिनेश भट्ट, हेल्थ ट्रेनर राजेश चौहान तथा प्राविधिकमा सुरज शाक्य रहेका छन्।

क्यान निलम्बन भएपछि आइसिसीले नेपाली क्रिकेट टिमको सम्पूर्ण जिम्मा लिएको छ। नेपालले दिल्लीस्थित नोएडामा आइतबार, मंगलबार र बिहीबार अभ्यास खेल खेल्ने बताइए पनि कुन स्तरका टिमसँग खेल्ने भन्नेबारे केही खुलाइएको छैन।

नेपाली टोली यसअघि पनि महत्वपूर्ण खेलअघि अभ्यासका निमित्त भारत जाने गरेको छ। तेस्रो देशको तुलनामा भारत पायक पर्नुका साथै बिसिसिआइले आन्तरिक रूपमा छिमेकी नेपालका लागि अभ्यासमा सहज वातावरण बनाइदिएकाले नेपालको रोजाईमा भारत पर्ने गरेको छ। यसपटक नेपालको भारत भ्रमणको सम्पूर्ण कार्यक्रम आइसिसिले नै तय गरेको हो।
 


 

More form the Internet

loading...