Suvadin, Home

Cover Image

यूएईविरुद्धको क्रिकेट शृङ्खला : नेपाली प्रारम्भिक टोलीको घोषणा

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले प्रारम्भिक टोलीबाट केही दिनको क्लोज क्याम्पपछि अन्तिम नामावली सार्वजनिक हुनेछ।
फाइल फाेटाे

काठमाडौं, १६ पुस – अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ।

छनोट समितिले सोमवार २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। पहिलो चरणमा २० खेलाडी छनोट गरिएको छ।

आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्कासहितको छनोट समितिले प्रारम्भिक टोलीबाट केही दिनको क्लोज क्याम्पपछि अन्तिम नामावली सार्वजनिक हुनेछ।

नेपाली टोलीको क्लोज क्याम्प जनवरी ८ बाट सुरु हुनेछ। नेपालले आगामी माघमा यूएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्दैछ। नेपालले माघ ११ देखि माघ २० सम्म यूएईसँग खेल्नेछ।

पहिले एकदिवसीय सिरिज हुनेछ । त्यसपछि टी–ट्वान्टी सिरिज हुनेछ। सिरिज दुबईमा हुनेछ। 

नेपाली टोलीमा को को छन् त ?

-पारस खड्का (कप्तान)

-अविनाश बोहरा 

-बसन्त रेग्मी 

-भिम सार्की 

-बिक्रम सोब 

-बिनोद भण्डारी 

-दिपेन्द्र सिंह ऐरी 

- ज्ञानेन्द्र मल्ल 

-करण केसी 

-ललित भण्डारी 

-ललित नारायण राजवंशी 

-आरिफ शेख 

-पवन सर्राफ 

-प्रदीप ऐरी 

-रोहितकुमार पौडेल 

-सन्दीप लामिछाने 

-शरद भेषावकर 

-सोमपाल कामी 

-सन्दीप जोरा 

-सुशन भारी


 

More form the Internet

loading...