Suvadin, Home

नेपाली क्रिकेट टोली भोलि स्वदेश फर्किदै

नेपाली क्रिकेट टोली मालिन्डो एयरलाइन्सबाट शुक्रबार अपरान्ह १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जनाएका छन्। नेपाली टिमसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन्। एशिया कप खेल्ने योजनासहित मलेसिया पुगेको नेपालको प्रदर्शन सम्झनयोग्य बन्न सकेन। नेपालले दुई खेलमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको थियो। युएई र हङकङ फाइनलमा प्रवेश गरेका छन्। आज हुने फाइनल खेलको विजेताले एशिया कपमा स्थान बनाउनेछ। विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ।

काठमाडौं, २१ भदाै – एसीसी एशिया कप छनोट खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि स्वदेश फर्कने भएको छ।

नेपाली क्रिकेट टोली मालिन्डो एयरलाइन्सबाट शुक्रबार अपरान्ह १२ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली क्रिकेट टिमका म्यानेजर तथा टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जनाएका छन्। नेपाली टिमसँगै सन्दीप लामिछाने पनि स्वदेश फर्कनेछन्।

एशिया कप खेल्ने योजनासहित मलेसिया पुगेको नेपालको प्रदर्शन सम्झनयोग्य बन्न सकेन। नेपालले दुई खेलमा जित हात पार्दा तीन खेलमा हार बेहोरेको थियो। युएई र हङकङ फाइनलमा प्रवेश गरेका छन्। आज हुने फाइनल खेलको विजेताले एशिया कपमा स्थान बनाउनेछ। विजेता भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ।


 

More form the Internet

loading...